आँखा पोखरी र भन्दा बाँस सम्मेलन नै काइदा

– भिम राई
केही समय यता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले खोटाङ जिल्ला सदरमुकाममा हुने बाँस सम्मेलनको बारेमा प्रचारात्मक कार्यक्रमहरुमा सहभागिता जनाईएका, प्रथक राष्ट्रिय बाँस सम्मेलनको पूर्व तयारीका क्रममा भईरहेका प्रगती र गर्न बाँकी कामहरुको बारेमा सामाजिक सञ्जाल लगायतमा निरन्तर पोष्टहरु गरिरहेका छन् । जर्बजस्त महत्वकांक्षा राखेर हुन लागेको ऐतिहासिक बाँस सम्मेलन नेपालका लागि एक महत्वपूर्ण अवसर हो । राष्ट्रिय बाँस सम्मेलन तयारी समितिले काठमाडौँमा अहिले छुट्टै सचिवालय स्थापना गरेर यसको व्यापक प्रचारका कामहरु अगाडि बढाई रहेको समेत मेयर भट्टराईले जानकारी गराएका छन् ।
यसरी राष्ट्रिय स्तरको सम्मेलन त्यो पनि खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा हुनु एक ऐतिहासिक अवसर त हुँदै हो यसमा थप हाम्रो गाउँघर पाखा पखेरामा व्यापक रुपमा पाईने बाँसको महत्वलाई बुझ्न र बझाउन यो सम्मेलन एक कोशेढुँगा सावित हुने कुरा स्वंय बाँस सम्मेलन तयारी समितिका संयोजक तथा पूर्व मन्त्रि गणेश शाहाले बताउँछन् । यस सम्मेलनमा मूलुकभरका बाँस व्यवसायीहरुको भेला हुने, बाँसबाट निर्माण गर्न सकिने सामग्रीहरुको बारेमा छलफल तथा निर्णयहरु हुने नै छ । यस भन्दा महत्वपूर्ण विषय भनेको यसले तय गर्ने नीति निर्माणको काम हो ।


करिब ५० लाख रुपैयाँको लागतमा हुन गईरहेको बाँस सम्मेलनको आयोजना गर्न दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाले करिब ५ लाख रुपैया खर्च गर्ने जनाएको छ । समय र व्यवस्थापनको हिसाबले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अलि बढी खर्च गर्न सक्छ । यद्यपी यो अन्य अरु कुराको खर्च भन्दा एकदमै कम हुने छ । नगरपालिकामा निर्वाचित भएर आउना साथ खोटाङ जिल्लामै उत्पादन भएका बाँसबाट बनेको कुर्सी टेबुल राखेर प्रमुख तथा उप–प्रमुखले अभियान शुरु गरेको थिए ।
नगरपालिकामा निर्वाचित भएर आउना साथ स्थानीय स्तरमा उत्पादन भएको बाँसको सामग्री खरिद गरेर आफ्नो कायकक्षमा राखेका उनिहरुले नगरपालिकाको स्तनपान कक्ष समेत बाँसबाट निर्माण गर्ने निर्णय गरे । यसो त सरकारको नीतिगत समस्याका कारण उक्त सामग्री तथा स्तनपान कक्ष निर्माणको विल भुक्तानी गर्न निकै सकस परेको तितो यर्थात रहेका नगर प्रमुख भट्टराईको रहेको छ । भट्टराईले भुक्तानीको समयमा अख्तियार प्रमुखलाई समेत सोधेर भुक्तानी गरे वापत बेरुजु हुने कि नहुने बारेमा परामर्श गरेको बताउँछन् । नीतिगत रुपमा अफ्ठ्यारो रहेको बाँसबाट उत्पादित तथा निर्मित सामग्रीको भुक्तानी चुनौती मोलेर नै आफुले गर्न लगाएको एक कार्यक्रममा स्विकारेका छन् ।
माथी उल्लेख भएको योजना र विगतमा नगरपालिकाले नै आयोजना गरेको मुन्धुम चित्रकला प्रदर्शनीका बारेमा नगर प्रमुख र उप–प्रमुखको आलोचना समेत हुने गरेको छ । अरु थुप्रै कामहरु गर्नुपर्ने स्थानीय जनप्रतिनिधीहरु अर्थात नगर प्रमुख तथा उप प्रमुखहरुले यस्ता हावादारी काममा अल्झेको भन्नेहरु पनि नभएका होइनन् ।
गएको बर्ष मुन्धुम चित्रकला प्रर्दशनी गरेर के उपलब्धी भयो ? भन्ने देखि यस पटक गर्न लागिएको बाँस सम्मेलनले के गर्छ ? सब बजेट सक्ने मेसोमात्र बसाएका हुन् भन्ने आरोपहरु सामाजिक सञ्जाल तथा व्यक्तिगत भेटघाटमा गफगर्ने मेसोका रुपमा चलिरहेको छ । आरोपहरुलाई सतही हिसाबले हेर्ने हो भने यर्थात जस्तो पनि लागिहाल्ने हाम्रो समाजको चरित्रपनि रहेकाले यसलाई यस्तै हो भन्नेहरु पनि नभेटिएका भने होईनन् । कतिले मुखै फोरेर पनि भनेका छन् ।
तर विगत र आगतलाई हेर्दा यो एक उदाहरणीय कार्य हो भन्ने कुरमा दुईमत छैन । पहिले गरिएको मुन्धम चित्रकलाको विषयले यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामात्र होइन खोटाङ जिल्लाको परिचय अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराएको छ । यसले चित्रकला पनि साहित्य तथा कलाको अन्य विधा जस्तै एक महत्वपूर्ण विधा हो भन्ने स्थापित भएको छ । यो एक ऐतिहासिक उपलब्धी हो जो कालान्तर सम्म चलिरहन्छ । त्यस्तै यीनै चित्रकला प्रदर्शनीका क्रममा तयार भएका चित्रहरुलाई नगरपालिकाले आफ्नै ग्यालरी बनाएर राख्नुले यसको जीवन्त महत्व रहने नै भयो ।
अव उता विगतमा चित्रकलाको चर्चा छदैँ गर्दा यता राष्ट्रिय बाँस सम्मेलनको पनि उतिकै आलोचना भईरहेका छन् । खासगरी दलिय व्यवस्थामा ईतर दलका नेता कार्यकर्ताहरु यसका बारेमा कडा भएर उत्रिएका छन् ।
बाँस सम्मेलनको महत्वका बारेमा आयोजकहरुले जति प्रष्टाएपनि प्रष्ट नभए जस्तो गरिरहने जमातले यसको विरुोध स्वभाविक हिसाबले गरिने रहने छन् । तर यर्थातमा बाँस हाम्रो जीवनसँग जोडिएको एक महत्वपूर्ण वनस्पती हो भन्ने कुरा हामीले महसुस गर्नै पर्छ ।
हामीले प्रयोग गर्ने दैनिक उपयोगी समानहरुलाई सूचिकरण गर्ने हो भने बाँसबाट बनेका हरेक वस्तुहरु हाम्रो उपयोगमा छन् । परम्परागत ढँगले निर्माण गरिएका सामग्री होस या आधुनिक हिसाबले बनाईएका सामग्रीहरु हामीले बाँसलाई बाहेक गर्नै सकिदैन । यस्तो एउटा वनस्पतीको फाईदा र बेफाईदाका बारेमा सम्मेलनले बहस गर्ने छ । बाँसलाई व्यवस्थित हिसाबले उपयोग गर्न सक्दा ५० देखि ६० बर्ष सम्म यसको आयु रहने बताईन्छ । यस्तो कुराको प्रोत्साहन तथा संरक्षण र सम्बर्दन गर्न स्थानीय सरकारको दायित्व हो भन्ने सम्झेका कारण हुन सक्छ बाँस सम्मेलन ।
यद्यपी विरोध गर्नकै लागि मसलाहरु त धेरै नै होलान् । तर विरोध भित्रपनि केही तथ्यहरु भए अवस्य यसलाई सम्बोधन गर्नै पर्दछ । नगरपालिका वा यसका नेतृत्वले यसको अंशहरु केलाउने समयपनि जुटाउनै पर्दछ । अकाट्य कुराचाँही के छ भने यस्ता किसिमका कार्यक्रम तथा योजनाहरुको प्रतिफल आजको भोलि पाईदैन । प्रतिफल कुर्न केही बर्षहरु कुर्न पर्दछ नै ।
सर्वसाधरणको नजरमा यस्ता कुराहरुले धेरैपछि नै छुने हो । ‘विकास माने सडक’ बुझेका हामीले यसको फाईदा बेफाईदाको हिसाब त पछिमात्र थाहा पाउने छौँ नै तर अन्त्यमा एउटा कुरा चाहीँ अवस्य हो । आँखा पोखरी र भ्यु टावरहरुको निर्माणमा गरिएको लगानी र खर्च भन्दा यो क्षेत्रमा लगानी गरिएको योजना र बजेट थोरै भएपनि यो योजना ऐतिहासिक महत्व राख्ने योजना भने पक्कै हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार