खोटाङ । खोटाङमा नेकपा एमाले निकट अनेरास्ववियुले एक फरक किसिमको कार्यक्रम संचालन गरेको छ । ‘इन्टरनेटको सुरक्षित प्रयोग गरौँ, बालबालिकालाई अनलाईन यौन शोषणबाट सुरक्षित राखौँ’ भन्ने नाराका साथ संचालन गरिएको कार्यक्रम दुईचरणमा गरिएको छ ।
मंगलबार विहान जिल्ला स्थित शुभम फाउन्डेशनमा विद्यार्थीहरुसँग कार्यशाल भएको थियो । मंगलबार दिउसो होटल शुभदिनमा अभिभावकहरुसँग अन्तरकृया सम्पन्न भएको हो ।
इमेल इन्टरनेटका कारण हुन सक्ने जोखिमका बारेमा भएको छलफलमा बालकान्ति अस्पताल काठमाडौँमा कार्ययत नर्स मन्दिरा श्रेष्ठ र कम्प्युटर इन्जिनियर अर्जुन श्रेष्ठले सहजिकरण गरेका थिए ।
अनेरास्ववियु खोटाङले संयोजन गरेको कार्यक्रममा नेकपा एमालेका नेता कुमार आचार्य, प्राध्यापक, शिक्षक, राजनीतिकर्मी, समाजसेवि तथा अगुवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बालबालिकाका लागि भएको कार्यक्रममा चाईल्ड सेफ नेट र टेरडेज होम्सले डाउन टु जिरो विल्डिङ वायक वेटर नेपाल अन्र्तगत डी.वी. आई इक्वल एक्सेससँगको सहकार्यमा तयार पारिएको सामग्रीहरु वितरण गरिएको छ । जसमा बालबालिकालाई अनलाईन यौन शोषणबाट सुरक्षित गर्ने उपायहरुको बारेमा जानकारी दिईएको अनेरास्ववियू खोटाङका अध्यक्ष विष्णु उपरकोटीले जानकारी दिनु भएको छ ।