– भिम राई (माक्पालि कान्छा)
आगन भरी फुलेकाे
ए सायपत्री
तिम्राे वासनाले
सम्झना गराउँछ चेलिकाे
बाटैभरि भेटिने
ए मखमलि थुँगा
तिम्राे फुलाईले
तिर्सना दिन्छ चेलिकाे
म साेचि रहेछु
फूलमा त्याे शक्ति छ
जस्ले बनाउँछ अनाैठाे प्रेम
बन्छ समधुर सम्बन्धहरु
हरेक बर्ष आउने छ
भाईटिका
उभिन्छ साक्षि बनेर
आफ्नै शिर छेदन गरेका
फूलहरु
गाँसिदिन्छ गहिराे नाता
पवित्र भावनाकाे
बसाएर बलियाे जग
थामेर राखि दिन्छ
अविरल यादहरु
बलिहाङ पर्व
मानेर यहि बेला
खेद्नु छ यमराज
अर्थात कुरिति, कुविचार
र कुसँस्कारहरु
एक यायावर जिन्दगीकाे
अविछिन्न यात्राहरुमा
बन्छ बलियाे सम्बन्ध
अरे वा!
गर्लफ्रेण्ड र ब्वाई फ्रेण्ड
भन्दा पर…काे
अझै निकै माथि
बाेझिलाे प्रेमिल भावहरु
बलिहाङ तङ्नाम
अर्थात
भाईटिका ।