भिम राई
समयसँधै योजना अनुसार कहिले चल्दो रहेछ र ? फागुन २५ गते बिहिबार एकातिर कामको चाङ राखेर अर्कातिरको यात्रा भयो । कुरा थियो खोटाङ्गे जनताको मात्र नभई बाहिरी जिल्लाको मुख्य चासो रहेको सडक अनुगमनको । दिक्तेल बजारको बेसक्याम्प पुग्नै लाग्दा जिल्ला शुरुमा पत्रकार केदार मगरको फोन । यसको केही मिनेट पछि जिल्ला समन्वय प्रमुख सनबहादुर राईको फोन । केही समय पछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तिर्थराज भट्टराईको फोन । त्यसको केही मिनेट नवित्दै शुभम फाउण्डेशनका समाजसेवि व्यक्तित्व सुर्यबहादुर राईको फोन ।
यतिका फोन आएपछि कता चल्न पाईयो र आफुखुशि । बाटैमा सुर्य राईको गाडि उभिएपछि चढ्नुको विकल्प थिएन चढियो । प्राप्त जानकारी अनुसार हेर्न थियो मध्येपहाडि लोकमार्गमा बनिरहेका भौतिक पूर्वाधार तथा कालोपत्रेको काम ।
खरर गाडिमा शुभम पुग्दा चारवटा गाडि लाईनमा । अनुगमनको सानो जुलुसै तयार थियो । जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई, मध्ये पहाडि लोकमार्ग सडक आयोजनाका इन्जिनियर दिपेश मुनंकर्मी, शुभम फाउण्डेशनका फाउण्डर समाजसेवि मदनकुमार राई, नेकपा माओवादी केन्द्रका संयोजक दिपक पाण्डे आकाश, नेकपा एकिकृत समाजवादीका अध्यक्ष जलसेर राई, जनता समाजवादीका जिल्ला सचिव सुनिल राई लगायत जोडिदा निकै ठुलै भिड निर्माण हुँदो रहेछ ।
गाडीमा सिटको भाग लागि सकेपछि हाम्रो ड्राईभर पर्नु भो मित्र सुर्य राई । उहाँको छनौटमा हामी किन प¥यौँ । यसमा के के स्वार्थ छ त्यो भनि साध्य छैन । बाटोमा जाँदै गर्दा थाहा भो । यो गफमा पनि केही खुलेका छन् । नखुलेका कुरा समय आएपछि खुल्ने छ ।
हाम्रो यात्राको पहिलो अनुगमन भालुखोला
भालुखोला आफैमा हिउँदमा झण्डै झण्डै सुकिजाने खोला हो । तर पानी भने गाडि धुन पुग्नेगरी बगिरहन्छ । दिक्तेल बाट हिँड्ने वित्तिकै भेटिन पुल नभएको खोला । यसमा ढुँगा बेचिखाने समुदायले ढुँगा निकालेर गेगरमात्र रहेको छ । सय मिटर वरसम्म कालोपत्रे सडक विचमा खोला घल्च्याक र मल्च्याक अनि सय मिटर परबाट कालो पत्रे । बाटो साँघुरो अफ्ठयारो । यो खोलामा उभिएर संभावनाको कुरा शिवाय केही भएन । बर्षायाममा कसरी नियमित गाडी कुदाउने यो चिन्ताको विचमा केही योजना बनेका छन् ।
यसपछिको यात्रा छेपेखोला ।
छेपेखोला सोल्मा र नेर्पा छुट्टयाउने खोला । पूलको सपना निकै अगाडि देखि देखिएको तर भर्खर मात्र निर्माण कार्यशुरु भएको खोलामा पुगेर चारवटा गाडि रोकिए । हामी भन्दा अगाडि यस पुलको निर्माणमा जिम्मा लिएका निर्माण कम्पनीका प्रतिनिधी एवं निर्माण व्यवसायी प्रकाश थापा अगाडि पुगिसकेका रहेकछन् । उहाँसँग केही समय भलाकुसारी भयो । पुल बनाउन समय केही लाग्ला जस्तो देखियो । समस्या एउटै बाटो भएकाले निर्माणको काम खुलेर गर्न नसक्दा ढिला देखिएकाले छिट्टै पुल भन्दा मुनिबाट वैकल्पिक बाटो निकाले यसै बर्ष पुल सक्ने योजना रहेको ठेकेदार थापाको भनाईले केही आशावादी बनायो । पुल भन्दा माथिको माटो बगिरहने किसिमको भएकाले समस्या आउन सक्नेमा सबै चिन्तित भएपनि यसको उपाय सडक आयोजनाले सुझाएपछि केही मत्थरपनि भईयो ।
यसैविच आईपुग्यो प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईको गाडि । प्रमुख जिल्ला अधिकारीपनि सहभागि भएपछि हाम्रो यात्रा निकै रोचकको हुनेवाला छ भन्ने महशुस भयो । अनुगमनले सार्थकता पाउनेमा आशावादी हुनै प¥यो । बेला बेलामा पत्रकार साथीहरु राजन ठटाल र दिनराज कार्कीले क्यामेरा तेर्साई रहेकै छन् ।
यसपछि अलिकति अगाडि साँघुरो बाटो पहराको फुटाउनु पर्ने या वाल दिने ? यसमा समन्वय प्रमुखको चासो र इन्जिनियर साबको ध्यानकर्षण । यसरी लगातर हिँडेको यात्रा माम्खाको बहुचर्चित पहिरोमा रोकियो । यसलाई हेर्ने र रोक्ने कामको बारेमा छलफल भयो ।
यसपछि लागेको यात्रा मेवा खोलामा पुगेर निर्माणको काम हेर्ने कामदारहरुलाई गुणस्तरको बारेमा केही सुझाव दिने बाहेक खास संभावना र चुनौतिका विषयमा कुराकानीमात्र भयो ।
यसपछि हाँकीएको टोलि पङखु खोलामा ति छक्क परियो । ०७३ सालमा शुरु भएको पुल हालसम्म केही चालचुल छैन । भर्खर दुईपटि शुरु भएको छ । सन्तोष ढुँगाना यो साइटको इन्चार्ज रे कता छन पत्ता छैन । दुई चार जना कामदारहरु उदयपुर कटारी तिरका रहेछन् । उनिहरुलाई कामपनि छैन दामपनि छैन । खान चाँही धन्न दिएका छन् रे । निर्माण स्थलमा एक बोरो सिमेन्ट छैन । एक डण्डि रड छैन । उदेक लाग्दो त के भनौँ विरक्त लाग्दो अनुगमन । विचरा एक जना प्राविधिक भाई रहेछन् । उ ले भन्दा …. के ल्याउने किसिमको । उहाँलाई सबैले भालुलाई पुरान हालियो । प्रमुख ज्युहरु देखि कनिष्टहरु सम्मले सोधियो खोजियो हातमा लाग्ने त उहि होला जस्तो देखियो ।
यी हालतहरु देखेपछि प्रमुख जिल्ला अधिकारी ज्यु कार्यलयको कामका लागि फिर्नु भयो र हामी लाग्यो चखेवा लक्ष्य लिएर । यसैक्रममा भेटिनु भयो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिने कठेत । बाठा कठेत ज्युले गाडि रोकेर मनकामन जनकल्याण मावि देखाउनु भयो । हेरियो । यहाँ खासै नमस्कार लिनेदिने भन्दा केही थिएन त्यति नै गरेर पेलुङ बजारमा आलु खाने उर्दि मानियो । आलु खाने जनता भन्दा आलुको संख्या झण्डै तेब्बर थियो क्यार । साईज पनि सानो सानै थिए । यो सँगै सित्तैमा एक गिलास महि र खुर्सानी पनि पाईयो ।
यसपछि हिँडेका हामीहरु यात्रामा गरिने किसिमका गफहरुसँगै थियौँ । नेकपा एकिकृत समाजवादीका नेता जलशेर राई खास गफमा सहभागि नभएपनि बेला बेलामा कुरा निकाल्न माहिर । जसपाका नेता सुनिल राई हाँस्नमा मजाको । नगर कार्यपालिका सदस्य विरेन्द्र हमाल कहिले काँही गम्भिर प्रश्न उठाउने । बाँकी सुर्य जी र म कुरा उडाउने यात्रा गजबै थियो ।
यसपछि सेखुवाको बाटाहरुमा गेगरको गुणस्तर शुन्य देखियो । कालोपत्रको काम निर्माण कम्पनिका प्रतिनिधी सुरेश अधिकारीले ५० प्रतिशत सकिएको दावि गरेपनि ३५ उकालो भएकै छैन भन्ने ठहर गरियो । ४÷५ जना कामदार राखेर करिब १० किलो मिटर यो आर्थिक बर्ष भित्र कसरी कालोपत्रे हुने होला ? सोधियो । नगर प्रमुख भट्टराईले बालुवाको बारेमा निकै ¥याक ¥याक पार्नु भयो । जिल्ला समन्वय प्रमुख राईले दुई तीन पन्नामा लेखेर लानु भएको रहेछ । त्यसको बारेमा घुमाई फिराई प्रश्नहरु गर्नु भयो तर अधिकारी रहेछन् कडा । छलछाम उत्तर दिन माहिर ठहराईयो । बालुवामा माटो होईन माटोमा बालुवा मिसाएर ढलान गरिएको रहेछ । केही व्यंगहरु गरेपनि खै के टेर्लान र ?
अन्तमा त्यहिबाट फर्किन लागेको बेला समन्वय प्रमुख ज्युले फेरी खाजाको प्रस्ताव गर्नु भयो । खाजा खान अगाडि नेपाली कांग्रेसका नेता इच्छु रानाको घर रहेछ । अलिकति पछि लागेको हाम्रो गाडि पुग्दा खाजा रहेछ पिडालु । पिडालु त निकै नै थियो होला तर हातपनि उतिकै चलेछन् । झण्डैले फेरी त्यो पनि खाजा भयो । धन्न सबै उमेर पुगेकै थियौँ सबै नत्र पेटले आन्दोलन ठुलै गर्ने वाला थियो । यसपछि भने हाम्रो यात्रा फेरी सदरमुकाम हाँकियो ।
बिच बिचमा उहि कुरा शुरु गरियो दिनभरीको समिक्षा । ‘आजको यात्रा आलु र पिँडालु जस्तै ।’