जनयुद्ध क्रममा खोटाङमा ७२ जना माओवादीका तर्फबाट शहिद

तत्कालिन जनयुद्धको क्रममा खोटाङ जिल्लाबाट ७२ जनाले सहादत प्राप्त गरेको तथ्य भेटिएको छ । २०५२ साल फागुन १ बाट शुरु भएको जनयुद्धको क्रममा खोटाङ जिल्लाबाट ठुलकुमार श्रेष्ठ (आकाश) पहिलो शहिद भएका थिए । तात्कालिन नेकपा माओवादीका जिल्ला नेताको रुपमा परिचत ठुलकुमार श्रेष्ठको २०५५ साल पुस २७ गते उदयपुरको तावाश्रीमा शहादत प्राप्त गरेका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोबेलामा २०२० साल मंसिर २६ गते जन्मेका थिए । श्रेष्ठपछि २०५८ सालमा सुमन रम्तेल (किसान)ले सोलु सल्लेरीमा शहादत प्राप्त गरेका थिए । जनयुद्धको रापतापमा विस्तारै पर्दै गरेका खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका रम्तेल १८ बर्षका उमेरमा शहिद बन्न पुगेका थिए ।

राज्यको तर्फबाट मारिएका शहिदहरुको तथ्यांक हेर्दा २०५९ सालमा १६ जना खोटाङ्गेले ज्यानको बलिदानी दिएको पाईन्छ । त्यसै समय खोटाङ नेता दिलकाजी कार्की (अर्जुन) खोटाङ्कै टुवाखोलामा शहादत भएको थियो । उनि सँगै उनकै श्रीमती इन्दिरा कार्की (हिमाली)को समेत शहादत भएको थियो । २०५९ साल असार ३ गते भएको घटनामा परेका दिलकाजी कार्कीको ३६ बर्ष र इन्दिरा कार्की २९ बर्षको उमेरका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ९ निर्मली डाडाँका उनिहरु पार्टीको होलटाईमर कार्यकर्ता थिए ।

यसै बर्ष जिल्ला कै दुखद घटना समेत भएको थियो । माछामार्ने क्रममा साकेला गाउँपालिका २ रतन्छाका नविन कुमार राई, हंसराज राई, गोविन्द बहादुर राई, मनकुमार राई, रामकुमार राई, राजेन्द्र कुमार राईको हत्या भएको थियो । स्थानीय साप्सुखोलाको लप्से भन्ने ठाउँमा माछा मार्नेक्रममा शाही सेनाले गरेको आक्रमणबाट २०५९ बैसाख १४ गते उनिहरुको मृत्यु भएको थियो ।

यसैगरी जनयुद्धकै क्रममा खोटाङमा मात्र खोटाङगेहरुको ज्यान गएन । पुर्व झापा, इलाम, सिन्धुली, हुँदै रोल्पामा समेत खोटाङका नागरिक शहिद बनेका तथ्यांक रहेको छ ।
बाँकी थप विवरण हेर्न तल जानुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार