अनेम संघ खाेटाङले मनायाे महिला दिवस

महिला दिवस ८ मार्च

चाैथाे अंग
खाेटाङ, २४ फागुन । महिलाहरुले हतियार छाेए थाप्सा लाग्छ भन्नेहरुलाई जनमुक्ति सेनाका महिला याेद्दाहरुले बन्दुक पडकाउँदा के भयाे भन्ने चेत खुलेकाे प्रचण्ड माधव समूह नेकपा केन्द्रीय सदस्य तथा प्रदेस सांसद रामकुमार राईले बताउनु भएकाे छ । अाखिल नेपाल महिला संघ (अनेम संघ) खाेटाङकाे अायाेजनामा भएकाे १११ अाैँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा प्रमुख अथिति राईले यस्ताे बताउनु भएकाे हाे ।

दिक्तेल बजारकाे जिल्ला समन्वय समितिकाे सभाहलमा भएकाे कार्यक्रममा क्रान्ति र परिवर्तन गर्न बन्दुक पडकाउँदा थाप्सा नलागेकाे भन्दै उहाँले महिलाहरुले छुने वितिक्कै अपवित्र हुन्छ भन्ने कुसंस्कार भत्किसकेकाे बताउनु भएकाे छ ।

यस्तै कार्यक्रमका विशेष अथिति संविधान सभा सदस्य तथा केन्द्रीय सदस्य दुर्गाजयन्ति राईले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस किन मनाउने भन्ने बारेमा प्रशिक्षण दिनु भएकाे थियाे। महिलाहरुले ८ मार्चलाई किन महत्वका साथ लिईन्छ । महिला अधिकारकाे लडाईमा ८ मार्चकाे सन्देशका विषयमा बाेल्नु भएकाे हाे ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति खाेटाङका अध्यक्ष तथा प्रचण्ड माधव समुहका नेता बवि चाम्लिङले हिजाेकाे अवस्था भन्दा अाज महिलाहरुले केही अधिकार पाएकाे भएपनि अपुराे रहेकाे धारणा राख्नु भएकाे थियाे।त्यसैगरी जिल्ला समन्वय समितिका कानुनी सल्लाहाकार तथा माधव प्रचण्ड समुहका नेता कृष्ण कुमार राईले नेपालकाे संविधानले व्यवस्था गरेकाे महिला अधिकारकाे बारेमा प्रशिक्षित गर्नु भएकाे छ।

यस्तै नेकपा माधव प्रचण्ड समुहका जिल्ला सचिव जलशेर राई, नेकपा नेता ध्रुव बुढाथोकी धिरेन लगायतले महिला अधिकारकाे विवध पक्षमा बाेल्नु भएकाे थियाे।

अनेम संघ जिल्ला अध्यक्ष ध्रुवा राईकाे सभापतित्वमा भएकाे कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट अनेम संघका अगुवा नेता तथा कार्यकर्ताहरुकाे व्यापक उपस्थित रहेकाे थियाे । संगेनी गित, छाेटाे मिठाे चुटकिला समेत प्रस्तुत् भएकाे कार्यक्रमकाे संचालन मनिषा राईले गर्नुभएकाे थियाे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार