शीर्षक : अदालतको नजिर

लघु कथा

माथिल्लो घरको श्रीमान श्रीमति मिलेको देखेर त्यसको डाहामा तल्लो घरको श्रीमान श्रीमतिको झगडा भएछ । हुँदा हुँदा त्यो विषयले अदालतसम्म प्रवेश गरेछ । अनि अदालतले तल्लो घरको झगडाको मुख्य कारण माथिल्लो घरको श्रीमान-श्रीमति मिलन हो भन्ने ठहर गर्दै माथिल्लो घरको मिलेको जोडीलाई बिच्छेद गरेको फैसला सुनाएछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार