नेकपा नगर कमिटीद्वारा प्रमुख प्रशासकिय अधिकृत लगायत कर्मचारीकाे ध्यानाकर्षण

पाल पायप र टनेल

चाैथाे अंग

दिक्तेल, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) दिक्तेल रुपाकाेट मझुवागढी नगर कमिटिले नगरका प्रमुख प्रशासकिय अधिकृत टेकनाथ दाहालकाे ध्यानाकर्षण गराएकाे छ। नगरपालिकाले सञ्चालन गरेका याेजना तथा वितरण गरेका विभिन्न अनुदानकाे कार्यक्रमहरु मेयर उपमेयरले पक्षपात पुर्ण रहेकाे भन्दै त्यसलाई राेक्न माैखिक ध्यानाकर्षण गराएकाे हाे।

पछिल्लाे समय नेपाली राजनीतिमा नेकपा विभाजनकाे असरलाई छल्न नगरपालिका मेयर दिपनारायण रिजालले अवैधरुपमा वितरण गरेकाे पाल पायप र टनेलकाे बारेमा नगर कमिटि अध्यक्ष विसन राईले गुनासाे राखेका छन्।

यस्तै नगर पालिकाले कृषि तथा पशुपञ्छी पकेट क्षेत्र विकास कार्यक्रमका लागि प्रत्येक वडामा वितरण गरेकाे दस लाख रुपैयाँकाे याेजना त्यसै भित्रबाट दुईजना कृषि प्राविधिक समेत राख्ने कुरा प्रभावकारी नभएकाे युवा नेता ध्रुवविक्रम राईले सुनाए। बजेट छ १० लाख दुईजना कर्मचारी पनि त्यहि भित्रबाट राख्नुले कृषकले पाउने अनुदान चाहिँ कति उनकाे प्रश्न थियाे।

यस्तै मेयर रिजालले प्रधानमन्त्रीकाे समर्थनमा मान्छे भेला पार्न साेझा सिधा जनतालाई पाल पायप र टनेल दिने भन्दै लिष्ट बाँढेकाे भन्दै नगर अध्यक्ष विसन राईले याे काम कुन विधि र प्रकृया अनुसार गरिदै छ भन्ने जिज्ञासा राखेका छन्।

केहीबेर पछि अाएकाे गुनासाेहरुका बारेमा नगर पालिका प्रशासन गम्भीर रहेकाे प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताएका छन्। उनले याे हुन नदिन अाफु सचेत रहेकाे भन्दै कृषि पकेट क्षेत्र कार्यक्रमकाे कार्यविधि रहेकाे र साेहि कार्यविधि अनुसार काम अगाडि बढाईएकाे जानकारी दिए । कार्यक्रम सबै वडाले नै हेर्ने भएकाले सबै जिम्मा वडाकै हुने उनकाे भनाई थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार