दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जनसेवा समाज नेपाल र D2N फाउण्डेशन

चौथो अंग
खोटाङ, ६ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जारी निशुल्क स्वास्थ्य शिविर बिहिबार आज सकिएको छ । यस क्षेत्रका चारसय ७७ जनाको स्वास्थ्य परिक्षणका साथै विभिन्न किसिमको उपचार गर्दै दुईदिने शिविर सकिएको हो ।

जनसेवा समाज नेपाल र D2N फाउण्डेशन अमेरिकाको साझेदारीमा कोरोना सहायता परियोजनाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो । जनसेवा सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा बिहिबार दुईसय ५४ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । सर्भाईभ टेष्ट ११ जनाको गरिएको छ । यस्तै ४० जनालाई चस्मा वितरण गरिएको थियो भने २०० जनाको आँखा जाँच गरिएको जनाईएको छ । शिविरमा ३५ जनाको भिडियो एक्स रे गरिएको छ भने ३२ जनाको दाँत उखेलिएको छ ।

यसैगरी बुधबार निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन ऐसेलुखर्क गाउँपालिकामा जम्मा २२३ जना विभिन्न किसिमका विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा आङ खस्ने रोगबाट पिडित एक जना महिलाको रिङ प्रेसरी राखिएको छ । यस्तै सभाईकल टेस्ट ८ जनाको गरिएको कोरोना सहायता परियोजनाका कार्यक्रम संयोजक उमेत राईले जानकारी दिएका छन् ।
यस्तै शिविरमा ३० जनाको भिडियो एक्सरे, १० जना आँखा विरामीलाई चस्मावितरण गरिएको छ । ७ जनाको ९ वटा आँखा अप्रेसन गर्नुपर्ने अवस्थामा रहेको पहिचान भएको छ । सयजना भन्दा बढिको आँखा जाँच गरिएको छ । यस्तै १६ जनाको दाँत निकालिएको छ । यस्तै ९ जना विभिन्न रोगका विरामी बालबालिकाको समेत चेकजाँच गरिएको राईले जानकारी दिए ।
जनसेवा सामुदायीक अस्पतालबाट गएका १ जना एमडिजिपी, २ जना मेडिकल अफिसर, १ जना वालरोग विशेषज्ञ र १ जना दन्तरोग विशेषज्ञ गरी जम्मा १४ जनाको े स्वास्थ्यकर्मीको टोलीलेले उनिहरुको स्वास्थ्य परिक्षण तथा उपचार गरेका हुन् ।
खोटाङको पूर्वी उत्तरी भेगका स्थानीय तथा बिपन्न समुदायको स्वास्थ्य सेवामा सहज, सुलभ र समान पहुच बिस्तार गर्ने उद्धेश्य राखी २०६९ सालमा स्थापित जनसेवा सामुदायिक अस्पतालले प्राविधिक सहयोग गरेको हो । विशेषगरी ज्येष्ठनागरिक, महिला, बालबालिका, शारिरीक अपांगताभएका नागरिकहरुकालागि शिविर आयोजना गरिएको हो ।
शिविरको उद्घाटन ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्व निरौलाले गरेका थिए । शिविर ६ गते विहिबार सम्म संचालन हुने छ । यसपछि लगातार केपीलासगढी गाउँपालिकामा फागुन ८ र ९ गते शिविर संचालन हुने जनसेवा समाज नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार