नेकपा विभाजन : खोटाङको जनप्रतिनिधी को कता ?

नेकपाको खोटाङ

चौथो अंग
खोटाङ, १४ माघ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते पतिनिधी सभाको विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि विभाजन भएको छ । औपचारिक हिसाबले नाम फरक नभएपनि एउटै पार्टी भित्र दुई समुहले छुट्टाछुट्टै गतिविधीहरु संचालन गरिरहेका छन् ।

पार्टीको नाम र चुनाव चिन्हको विवाद रहेपनि औपचारिक हिसाबले फुटेको नेकपाको खोटाङ जिल्लाका जनप्रतिनिधीहरु समेत दुई खेमामा विभाजित भएका छन् । जम्मा १० वटा स्थानीय तह रहेको जिल्लामा नेकपाको १ जना प्रतिनिधी सभा सदस्य, ३ जना प्रदेश सभा सदस्य रहेका छन् । जम्मा नेकपाको नेतृत्वमा ६ वटा स्थानीय रहेको छ । ७९ वटा वडा रहेको खोटाङमा नेकपाको नेतृत्व ५० वटा वडामा छ । यसमध्यै अहिले सम्मको तथ्याङक हेर्दा २९ जना वडाध्याक्ष प्रचण्ड–नेपालको समुहमा रहेको श्रोतले खुलायो । २१ जना वडाध्याक्षहरु भने ओली समुहमा रहेका छन् ।

खोटाङ जिल्लाबाट निर्वाचित प्रतिनिधी सभाका सदस्य सांसद विशाल भट्टराई नेकपाको ओली समुहमा छन् । यस्तै खोटाङबाट प्रदेश सभा सदस्य सासंदहरु राजन राई, रामकुमार राई पासाङ र उषाकला राई भने नेकपाको प्रचण्ड–नेपाल समुहमा खुलेर लागेका छन् ।

यस्तै स्थानीय तहका जनप्रतिनिधीहरुले समेत आफ्नो कित्ता छुट्ट्याईसकेका छन् । केपिलास गढी गाउँपालिकाका प्रमुख कृष्णकुमार राई प्रचण्ड–नेपालको समुहमा रहेका छन् । भने उप–प्रमुख हिरा कुमारी वन भने ओलि समुहमा लागेकी छन् । जम्मा ७ वटा वडा रहेको यस गाउँपालिकामा वडा नम्बर १ फेदीका वडाध्याक्ष विरबहादुर तामाङ प्रचण्ड–नेपाल समुहमा रहेकाछन् भने क्रमश वडा नम्बर ३ बासपानीका वडाध्याक्ष खगेन्द्र गुरुङ, वडा नम्बर ६ दिप्सुङका वडाध्याक्ष अशोक कुमार राई र वडा नम्बर ७ सुङदेलका वडाध्याक्ष तेजकुमार राई प्रचण्ड–नेपालको समुहमा रहेका छन् । वडा नम्बर ५ सप्तेश्वरका वडाध्याक्ष खगेन्द्र राई भने ओली समुहमा रहेका छन् ।

यस्तै ऐसेलुखर्क गाउँपालिका उपप्रमुख पुष्पकला भुजेल र वडा नम्बर ७ माक्पाका वडाध्याक्ष फुलकमल राई ओली समुह रहेका छन् भने बाँकी वडा नम्बर १ राखाका वडाध्याक्ष झनकुमार राई, वडा नम्बर ४ जलेश्वरीका वडाध्याक्ष नैनकुमार राई, वडा नम्बर ५ का वडाध्याक्ष दिलकुमार राई र वडा नम्बर ६ ज्यामिरेका वडाध्याक्ष मिनबहादुर राई प्रचण्ड–नेपाल समुहमा खुलेर लागेका छन् ।

यस्तै रावावेसी गाउँपालिकाको प्रमुख लिलानाथ निरौला र उपप्रमुख समला राई वडा नम्बर ६ हौँचुरका वडाध्याक्ष यज्ञनारायण श्रेष्ठ ओलि समुहमा लागेका छन् । यस्तै वडा नम्बर १ कुभिण्डेका वडाध्याक्ष लिला नारायण श्रेष्ठ र वडा नम्बर ५ दुवेकोलका वडा अध्यक्ष गणेश बहादुर मगर प्रचण्ड–नेपाल पक्षमा देखिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकामा वडा नम्बर २ का वडाध्याक्ष हरी खड्का, वडा नम्बर ३ का वडाध्याक्ष भलाराज राई, वडा नम्बर ७ का चईन्द्र राई प्रचण्ड–नेपाल समुहमा रहेका छन् । वडा नम्बर ५ का वडाध्याक्ष रमेश तिवारी ओलि समुहमा उभिएका छन् ।

यसैगरी दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवि राई ओली समुहमा लागेका छन् । यस्तै वडा नम्बर २ का वडाध्याक्ष हर्क खत्री, वडा नम्बर ८ का वडाध्याक्ष लिला चौहान, वडा नम्बर ९ हर्कराज राई, वडा नम्बर १४ का दिनेशकुमार राई, वडा नम्बर १५ का विरेन्द्र ढकालपनि ओलि समुहमा लागेका छन् । भने वडा नम्बर ६ नेर्पाका माधव राई वडा नम्बर ४ का डिल्लि राई, वडा नम्बर १२ का विकास राई, र वडा नम्बर १३ का भिम राई प्रचण्ड–नेपाल समुहको कित्तामा रहेका छन् ।

साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्का, वडा अध्यक्ष हरु शिवकला राई, उन्नत राई र विरबल राई प्रचण्ड– नेपाल समुहमा रहेका छन् । यस पालिकामा ओली समुहको जनप्रतिनिधीहरुको नेतृत्व शुन्य रहेको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको प्रमुख उपप्रमुख नेपाली कांग्रेसले जितेको हो । यसमा पालिकाको ४ वटा वडामा नेकपाको वडाध्याक्ष रहेकोमा वडा नम्बर २ का वडाध्याक्ष भिम खत्री र वडा नम्बर ४ का लोकेन्द्र राई ओली समुहमा लागेका छन् । यस्तै वडा नम्बर ६ का मिलन राई र वडा नम्बर ७ का धनबहादुर मगर प्रचण्ड–नेपाल समुहमा रहेका छन् ।

खोटेहाङ गाउँपालिकामा ओलि समुहमा गाउँपालिका प्रमुख र उप प्रमुख क्रमश प्रदिप राई र कविता राई लागेका छन् । वडाध्याक्षहरुमा खडग बहादुर कार्की, राजकुमार राई, कृतन राई, देविन्द्र राई, शिवप्रसाद फुयल र गोपिकृष्ण राई समेत ओलीको पक्षमा लागेका छन् । वडा नम्बर २ वाप्लुखाका वडाध्याक्ष दिपेन राई र वडा नम्बर ५ चिप्रिङका वडाध्याक्ष किरण राई भने प्रचण्ड–नेपाल समुहमा रहेका छन् ।

जन्तेढुँगा गाउँपालिकाको प्रमुख शंखरबहादुर राई र उपप्रमुख विमला राई ओली समुहमा देखिएका छन् । यसैगरी ओली समुहमा गणेश विष्ट, विदुरमान राई र शुकदेव राई लागेका छन् । वडा नम्बर १ देविस्थानका केदारमान राई, वडा नम्बर ३ काहुलेका चन्द्रकुमार राई भने प्रचण्ड–नेपाल समुहमा रहेका छन् ।

बाराहापोखरी गाउँपालिकाका उपप्रमुख गोमादेवि मगर वडाध्याक्षद्धय टंककुमार मगर र दिलबहादुर राई ओली समुहमा खुलेका छन् भने वडानम्बर ४ फाक्टाङका वडाध्याक्ष भुवलराज राई, वडा नम्बर ५ पौवासेरा फौदराज राई र वडा नम्बर ६ मौवाबोटेका दुर्गा बहादुर राई प्रचण्ड समुहमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार