प्रतिनिधी सभा विघटनको मुद्धा जनताले खारेज गरिसकेका छन् : नेकपा नेता टंक राई

नेकपा प्रचण्ड–नेपाल समुह

चौथो अंग
हलेसी तुवाचुङ, १३ पुस । नेकपा प्रचण्ड–नेपाल समुहले खोटाङको हलेसीमा जनसभाको आयोजना गरेको छ । प्रधानमन्त्री केपि ओलीले पुस ५ गते चालेको असंवैधानिक कदमको विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले मंगलबार हलेसी तुवाचुङ नगर पालिका स्तरिय कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेकपा स्थायी कमिटिका आमन्त्रीत सदस्य तथा खोटाङ जिल्लाका पूर्व सांसद टंक राईले वर्तमान प्रधानमन्त्री केपी ओलि चालेको कदम असंवैधानिक रहेको बताएका छन् । नेपाली जनताले चर्को मुल्य चुकाएर निर्माण गरिएको नेपालको संविधानलाई केपि ओलिको स्वेच्छाचारी कदमले हत्या गरेको उनको भनाई रहेको थियो । अदालतमा बहस भईरहेको प्रतिनिधी सभा विघटनको मुद्धामा अदालतले के गर्छ हेर्न बाँकी रहेको भन्दै नेपाली जनताले भने प्रतिनिधी सभा विघटनको घोषणालाई खारेज गरिसकेको उनको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य राजन राईले प्रतिनिधी सभा विघटनको सवालमा न्यायलयले कालो कोटको इज्जत र अदलतको गरिमा बचाउने विस्वास व्यक्त गरेका छन् । उनले भने ‘प्रतिनिधी सभा पुर्नःस्थापना हुनेछ ! न्यूटल छौ भन्ने साथिहरु हामि सँगै हुनेछन् । उता पटी हनुमान शैलि अपनाउने साथिहरु पनि पछि यहि केन्द्रीत हुनेछन् ।’

यस्तै कार्यक्रममा बोल्दै नेकपा प्रदेश सभा सदस्य तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले ओलि समुहका नेताहरुले बहुदलिय जनबाद र एमाले एक हौँ भन्दै भ्रम छर्दै हिँडेको बताए । उनले भने, ‘ सक्नुहुन्छ भने त्यो तर्क हामि सँग गर्नुस, हिजो सम्मको एमाले हामि पनि हौँ, एमाले बिघटन र बहुदलिय जनबाद बिसर्जन गराउने पहिलो ब्याक्ति ओलि हुन ।’ उनले थपे, ‘अहिले किन भ्रम छर्ने जनतालाइ ?’

यस्तै कार्यक्रममा केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला सह इन्चार्ज समिता कार्की अस्मिताले अहिलेको आन्दोलन ओली विरुद्धको नभई ओलि प्रवृत्तिको भएको बताएकी छन् । उनले देशलाई अस्थिरता तर्फ धकेल्न ओलिलाई कुनै अधिकार नभएको भन्दै सडकबाटै प्रतिनिधी सभा पुनःस्थापना हुने बताईन् । कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष पृथ्वि किराति लगायतले मनत्व्य राखेका थिए ।
जन वर्गिय संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरू तथा आम समुदायको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार