‘सुनैको स्वर्ग धिक्कार छ’

माक्पाली कान्छा
खोटाङ, २७ असोज । गीत संगीतको दुनियामा हेलिदै विभिन्न आरोह र अवरोह खेप्दै निरन्तर वेग मारिरहेकी गायीका शिला राईले पछिल्लो पटक वरिष्ठ आदीवासी चेतका धनी गीतकार भुपाल राईको शब्दलाई लिएर आएकी छन् । कवि तथा गीतकार भुपाल राईको रचनामा रहेको ‘सुनैको स्वर्ग धिक्कार छ’ बोलको गितलाई युवा संगीतकार कनकाइष्ट राईले संगीत भरेका छन् ।

यसो त गायीका शिला राईले यस अघि गाएकी गित ‘थुन्चेको भारी विसाउँदै’ बोलको गित सबैको मुखमा अहिलेपनि उतिकै झुण्डिएका छन् । विशेषत पछिल्लो समय गुपचुप जस्तै रहेकी गायीका राईले दर्जनौ गितहरुमा स्वर दिईसकेकी छन् । उनको ‘परदेशीको खबर, मलाई माया गर्ने मान्छे, मुटुभरी माया साँची, के खाने होला साँझमा, तिम्रो मायामा पौडिएकी छु आज’ जस्ता गीतहरु सदाबहार बाँचि रहेको छ ।

उनले गाउने क्रममा एउटा ‘कम्ती नठान’ बोलको गित समेत गाएकी छन् । यस बेला यो गितलाई सम्झनु पर्ने आवश्यकता रहनेगरी आएको पछिल्लो ‘सुनैको स्वर्ग धिक्कार छ’ गित फेरी आएको छ । लामो सयमको अन्तरालपछि गायिका राई केही बर्षदेखि नै गायिका राई नेपाली म्युजिक इन्ड्रष्टीमा देखा परेकी थिइनन । विश्व महामारीको समयमा जारी गरिएको लकडाउन पछि गायिका राइले आफनो गीति कोसेली लिएर आएकी हुन् ।

उसो त यसपटक उनले गाएको गीतका रचनाकार भुपाल राई आफैमा लेखन क्षेत्रका सतिशाल हुन् । यो गीतमा समेत गीतकार भुपालको प्रष्ट विचार आएको छ । माटोको माया गरेर देशलाई चिनाउने एक अभियान्ताले विशेष गरेर बिदेशिएर आफ्नो संस्कार, संस्कृति, आफ्नो माटो र आफ्नो देश लाई बिर्सिएरकाहरु प्रति गितबाट कटाक्ष गरेका छन् । यो मात्र होईन वैचारीक धरातल छाडेर आफ्नो मौलिक संस्कार, संस्कृतिलाई लातमार्नेहरुलाई पनि यो एउटा झटारो नै हो । आफ्नो धरातm विर्सनेहरु माटो, संस्कार, संस्कृतिको महत्व बुझाउन यो गीत एक पटक हैन पटक पटक सुन्नै पर्छ ।

युवा संगीतकार कन्काइष्ट राई आदीवासी चेत खुलेका, किराती समुदायका अग्र गायक पनि हुन् । विचारका हिसाबले सदैव युगान्तकारी परिवर्तन चाहाने उनको संगीत नराम्रो लाग्ने कुरै भएन । समग्रमा यो गीत सबैकुराले पोख्त छ । जसले आफु हुनुमा गर्व गर्न सिकाउँछ । यो नै हो नेपाली गीत सँगीतको अबको मुलबाटो … ।

गीतको तल हेर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार