विश्व किर्तमानी आरोही आङ रिता शेर्पाको निधन

काठमाडौं । विश्व किर्तिमानी आरोही आङरिता शेर्पाको निधन भएको छ । अक्सिजनविना विश्वको सर्वाेञ्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि हिम चितुवाको उपनाम पाउनुभएका शेर्पाको ७२ वर्षको उमेरमा सोमबार निधन भएको हो । किर्तिमानी आरोही शेर्पाले विना अक्सिजन १० पटक सगरमाथाको आरोहण गर्नुभएको छ ।

शेर्पा सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा जन्मनु भएका हो । चोयु आरोहणबाट यात्रा शुरु गर्नुभएका शेर्पाले सन् १९०६ मा विना अक्सिजन अन्तिमपटक सगरमाथाको आरोहण गर्नुभएको थियो । उहाँले ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी, पाकिस्तानको माउन्ट केटु लगायका हिमाल विना अक्सिजन आरोहण गर्नुभएको छ ।

१५ वर्षको उमेरमै हिमाल आरोहणमा लाग्नुभएका शेर्पाले सन् १९८३ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । पछिल्लो पटक आरोहणकै क्रममा विरामी पर्नुभएका शेर्पाले त्यसयता हिमाल आरोहण गर्नुभएन ।

विश्वभर नेपालको नाम फैलाउन सफल आरोही शेर्पाको तीन छोरा र एक छोरी छन् । उहाँ छोरीसंगै जोरपाटी बस्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार