पथप्रदर्शकद्वारा आफ्ना मुद्दा सम्बोधन गर्न मन्त्री भट्टराईसमक्ष सुझावपत्र पेश

काठमाडौं । ट्रेकिङ गाईड एशोसिएसन अफ नेपाल (टिगान)ले आफुहरुको पेशागत सुरक्षा र हकहितका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष सुझाव पत्र पेश गरेका छन् ।

आउन लागेको पर्यटन विधेयकमा पथप्रदर्शकहरुको सामाजिक सुरक्षाको व्यवस्था गरिनुपर्ने, अनुभव तथा सीपको आधारमा पथप्रदर्शकहरुको परिचय पत्र सम्बन्धित क्षेत्रमा चेक जाँच गर्ने व्यवस्था गरिनुपर्ने लगायत १३ बुँदे सुझावपत्र मन्त्री भट्टराई समक्ष पेश गरेको टिगानका संयोजक वाङ्दा शेर्पाले जानकारी दिनभयो ।

शुक्रबार बुझाएको सुझावपत्रमा पर्यटन कार्यविधी २०७५ मा व्यवस्था भएका बुँदाहरु तत्काल लागु गरिनुपर्ने, राज्य र टिगानको पहलमा तत्काल समाजिक सुरक्षा कोषको स्थापना गरिनुपर्ने, मजदूरको उद्दार तथा जीवन रक्षाको लागि सरकारले पथप्रदर्शकको योगदानमा आधारित पथप्रदर्शक मजदूर कल्याणकारी कोष अनिवार्य रुपमा व्यवस्था गरिनुपर्ने लगायतका सुझावहरु पेश गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार