पार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा

काठमाडौं । सातौं पार्क योङ स्योक ओपन वाल क्लाइम्बिङ कम्पिटिसनको तयारी पूरा भएको छ । विश्व विख्यात आरोही पार्क योङ स्योकको स्मृतिमा आयोजना हुन लागेको यस खलले आन्तरिक तथा बाह्य पर्यटलाई मनोरञ्जन तथा आत्म विश्वास बढाउने उद्देश्य सहित आयोजना गरिन लागेको हो । पार्क योङ स्योकको अन्नपूर्ण साउथ आरोहणको क्रममा सन् २०११ मा निधन भएपछि उहाँको सम्झाना खेल आयोजना हुँदै आएको नेपाल पर्वतारोहण संघले जनाएको छ ।
संघ र कल्चर फाउन्डेसनको संयुक्त आयोजनामा हुन लागेको वाल क्लाइम्बिङ कम्पिटिसन फेब्रुअरी १ र २ तारिखमा हुनेछ । आयोजकका अनुसार वाल क्लाइम्बिङ दुइ प्रकारको हुनेछ । दुई खेलमा दुवैतर्फ सहभागी हुने महिला तथा पुरुष खेलाडीलाई नगद तथा प्रमाणपत्रको व्यवस्था गरिएको संयोजक तुलसिं गुरुङले जानकारी दिनुभयो ।
लिड क्लाईम्बिङः यस खेलमा क्लाइम्बर आफैले वालमा रोपहरु फिक्स गर्दै क्लाइबिम्ङ गर्नुपर्नेछ । प्रोफेसनल क्लाइम्बरहरुका लागि यो खेलको आयोजना गरिएको आयोजकले उल्लेख गरेको छ । खेलमा पहिलो, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष खेलाडीले क्रमशः तीस हजार, बीस हजार र दश हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
टप रोप क्लाइम्बिङः यो खेलमा फिक्स गरिएको रोपहरुबाट क्लाइम्बरले क्लाइबिम्ङ गर्दछ । यस खेलले सहभागीको आकर्षण बढ्ने, मनोरञ्जन गर्ने र आत्म विश्वास बढाउन सहयोगी हुने संयोजक गुरुङले जानकारी दिनुभयो । यो खेल विशेष त सिकारुहरुका लागि उपयोगी र आकर्षक खेल रहेको आयोजको भनाइ छ ।
महिला पुरुष दुवै तर्फ आयोजना हुने यस खेलमा पहिलो दोस्रो र तेस्रो हुने महिला तथा पुरुष खेलाडीले क्रमशः दश हजार, पाँच हजार र पच्चीस सय पुस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
धुम्बाराही स्थित पासाङ ल्हामु स्पोर्ट क्लाइम्बिङ सेन्टरमा आयोजना हुने उक्त खेलमा ९० जनाभन्दा बढिको सहभागिता रहने अनुमान गरिएको छ । ओपन वाल क्लाइम्बिङ कम्पिटिसनका लागि साढें सात लाख खर्च हुने आयोजकको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार