कपनमा तमू ल्होछार

काठमाडौं । गुरुङ समाज कल्याणकारी संघ कपनले गुरुङ जातिको महान सांस्कृतिक पर्व तमू ल्होछार÷ल्होसार भब्य रुपमा मनाएको छ ।
ल्होसारको अवसरमा गुरुङ जातिको संस्कृति झल्कने भेषभूषा, सांस्कृतिक कार्यक्रम, खानपान तथा मनोरञ्जनात्मक खेलहरुको प्रस्तुति रहेको थियो ।

संघले माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा ल्होछार मनाएको हो ।

ल्होछारको अवसरमा संविधासभा सदस्य लक्ष्मी गुरुङ, बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्दवप्रसाद खरेल, युवा संघ नेपालका केन्द्रीय सदस्य जय गुरुङ लगायतले तमू ल्होछारको शुभकामना दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका संघका अध्यक्ष तोपबहादुर गुरुङले संघले आयोजना गरेको ल्होछार मनाउन पुगेका सबैलाई धन्यवाद दिनुभयो ।
यो वर्ष फ–ल्हो (मिर्ग वर्ष) को बिदाई र च्यूँ– ल्हो (मुसा वर्ष) को स्वागत गर्दै तमू ल्होछार मनाएको हो ।


कपनमा बसोबास गर्ने गुरुङहरुको संस्था गुरुङ समाज कल्याणकारी संघले मनाएको तमू ल्होछारका केहि तस्विरहरुः




तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार