ल्होछारको अवसरमा सात पत्रकार परस्कृत


काठमाडौं । तमू ल्होछारको अवसरमा तमू र गैर तमू सात पत्रकार पुरस्कृत भएका छन् । गुरुङ समुदायको समाचार संकलन तथा प्रसारणमा योगदान पुर्याउँदै आउनुभएका तमू र गैर तमू पत्रकार पुरस्कृत भएका हुन् । तमू सञ्चारकर्मी संघले प्रदान गर्दै आएको पूर्व प्रधानसेनापति छत्रमानसिं गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट रेडियो गोर्खाली कास्कीका स्टेशन म्यानेजर खिमा गुरुङ र नागरिक खबर डटकमका सम्पादक मनोज घर्तीमगर पुरस्कृत हुनुभएको छ । पुरस्कृत हुनुभएका गुरुङ र मगर जनही २० हजार १ रुपैंयाँ र ताम्रपत्रबाट सम्मानित हुनुभयो।
यसैगरी सुश्री भद्रकुमारी घले पत्रकारिता पुरस्कार काँचुली खबर डटकमका सम्पादक गजेन्द्र गुरुङ, तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट तमूै ताँ टेलिभिजनका कार्यक्रम प्रस्तोता पुनम गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट मेरो मनकामना एफएम गोरखाका स्टेसन म्यानेजर चित्र गुरुङ पुरस्कृत हुनुभयो ।
सिआई टेकबहादुर गुरुङ तथा रसकुमारी गुरुङ पत्रकारिता पुरस्कार स्वदेश खबर डटकमका कार्यकारी सम्पादक नविन गुरुङ र तमू पत्रकारिता पुरस्कार (ल्होछार÷ल्होसार मूल आयोजक समिति) बाट प्राईम टेलिभिजनका भिडियो सम्पादक सृष्टि गुरुङ पुरस्कृत हुनुभयो । पुरस्कृत सबैलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पुरस्कार वितरण गर्नुभयो ।
गुरुङ समुदायको साँस्कृतिक चाड ल्होछारको अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले तमू समुदायको आँच आउने कुनै काम नगर्ने बताउनुभयो । कार्यक्रममा तमू सञ्चारकर्मी संघले प्रकाशित गर्ने वर्ष पुस्तक गुरुङ न्युज डटकमको विमोजन गरिएको थियो । यस पटकको ल्होछारमा फ–ल्हो को बिदाई र च्यू–ल्होको स्वागत गरिदैंछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार