सुटिङ रिर्पोट : चखेवामा गोठाले भाका लघु चलचित्र


खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवा डाँडामा गोठाले भाकाको गित सहितको लघु चलचित्रको सुटिङ सकिएको छ । वरिष्ठ सिनोम्याटो ग्राफर युवराज राईको निर्देशनमा गोठाले भाकाको गित सहितको लघु चलचित्र निर्माण भएको हो ।


भोजपुरको टेम्के मैयुम गाउँपालिकाको आसपासमा भएको छाँयाकनमा भोजपुर र खोटाङका कलाकारहरुले अभिनय गरेका छन् । लघु चलचित्रमा ललिजन राई, अमिषा बान्तावा, मनिता बान्तावा (जाईका), मणि हंछाली, भिम राई, चासुम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।


माक्रिहाङ लिला राईले संकलन गर्नु भएको भाकामा भुपाल बयलकोटी र लिला राईले स्वर दिनु भएको छ । सिलिचुसङ फिल्म्स प्रालिको व्यानरमा तयार भएको उक्त गितको लघुचलचित्र चाँडै बजारमा आउने निर्देशक युवराज राईले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार