खोटेहाङ प्रज्ञा प्रतिष्ठान द्धारा ‘स्कुलमा सिर्जना’ कवि कविता राईलाई सम्मान (कविता राईको कविता सहित)

खोटेहाङ प्रज्ञा प्रतिष्ठान द्धारा स्कुलमा सिर्जना कार्यक्रम गरेको छ । कवि तथा साहित्यकार कविता राईलाई सम्मान गर्दै स्कुलमा सर्जिना कार्यक्रम गरिएको हो ।
खोटाङबाट प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता सांसद रामकुमार राई पासाङको प्रमुख आथित्यतामा भएको सिर्जना वाचन तथा साहित्यीक कार्यक्रममा खोटेहाङ गाउँपालिकामा भएका सर्जकहरुले आफ्ना सिर्जनाहरु वाचन गर्नु भएको छ । खोटेहाङ प्रज्ञा प्रतिष्ठानको बन्दोवस्तीमा भएको कार्यक्रममा महेन्द्रद्धय माविका २३ जना विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको छ ।
साहित्यीक व्यक्तित्व कविता राईको विशेष उपस्थितिमा भएको कार्यक्रममा खोटेहाङ गाउँपालिकामा रहेका स्रष्ठाहरुले आफ्नो रचना प्रस्तुत गरेका छन् । कार्यक्रममा महेन्द्रद्धय माध्यामिक विद्यालय वाप्लुखाका २३ जना विद्यार्थीहरुले आफ्ना विविध रचनाहरु प्रस्तुत गरेका छन् ।
कार्यक्रममा बोल्दै कवि लेखक तथा साहित्यकार कविता राईले राष्ट्रिय फूल र बा को सन्देश लगायतका कविताहरु सुनाउनु भएको छ । कार्यक्रममा सांसद राईले आउँदै गरेको चाड दशैँको शुभकामना सहित विपदमा परेका खोटाङ जिल्लाका सम्पूर्ण पीडितहरुलाई राहतको महसुस हुनेगरी विभिन्न निकायमा पहल गरिरहेको बताउनु भयो ।
यो विपदमा सडक सञ्जालबाट विच्छेद भएका सम्पूर्ण संरचनाहरुलाई यथासम्भव चाँडै पुनर्निर्माण गरिनुका साथै फोक्सिङटारमा पुलको पुननिर्माण तथा तत्काल बेली ब्रिजका लागि पहल थालिने जानकारी दिनु भएको छ । उहाँले खोटेहाङ प्रज्ञा प्रतिष्ठानलाई अझ खोटाङ जिल्ला व्यापी बनाउनु पर्ने भन्दै काठमाडौँमा रहेको प्रज्ञा प्रतिष्ठानसँग जोडेर ऐतिहासिकतालाई लिपिबद्ध गर्न आफु प्रतिबद्ध रहेको वचन दिनु भएको छ ।
खोटेहाङ गाउँपालिकाका पुराना तथा नया उर्जावान सर्जकहरुको सहभागीता रहेको कार्यक्रम प्राज्ञ इन्द्र नाराथुङ्गेको अध्यक्षता र महेन्द्रद्धय मावि वाप्लुखाको सहकार्यमा संचालन भएको थियो ।
कार्यक्रममा सहभागी सबैलाई सम्मान पत्रले शिर उभ्याईएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार