अन्यायको विरुद्ध सतिशाल झैँ उभिने रविन खम्बु

विडि आजाद

कुनै बेला विद्रोहको मुल प्रवाहमा नेतृत्वको भंगालो छुटिरहँदा एउटा भंगालोमा उभिएर निरन्तर अन्यायको विरुद्ध संघर्ष गर्ने यूवा हुन रविन खम्बु । तत्कालिन समयमा माओवादी आन्दोलन बृहत शान्ति सम्झौता हुँदै नेपाली राजनीतिको मुल प्रवाहमा आईपुग्दा तत्कालिन खम्बुवान मोर्चामा थिए उनि । नेपाली राजनीतिको मुलधार भनेको संवैधानिक राजतन्त्र, बुहदलिय प्रजातन्त्र हो भन्ने भ्रमलाई चिर्न भएका आन्दोलनहरुमा सरिक भईरहेका खम्बुले परिर्वतन र न्यायको पक्षमा वकालत गर्ने प्लेटर्फम विद्यार्थी राजनीतिबाट शुरु गरे । विशेषत पहिचानको पक्षमा उनको विछट्टै प्रेम बस्यो । माओवादी आन्दोलनको जगमा भएको ०६२÷०६३ को जनआन्दोलन पछि बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अन्तरिम संविधानले समानुपातिक समावेशी अधिकार स्थापित ग¥यो । यहि संविधान प्रद्धत अधिकार स्थापित भएपछि नेपालमा सरकारी कार्यालयहरुमा समावेशी अनुहारहरु देखिन थाले ।

सत्ताले पछि पारेका समुदायको प्रशासनिक निकायहरुमा उपस्थिति न्युन भईरहेको बेला संविधान आरक्षण कोटाको व्यवस्था गरेको थियो । लोकसेवा आयोगबाट लिईने परिक्षामात्र नभई राजनीति संयन्त्रहरुमा आदीवासी जनजाती, महिला, मुस्लिम, दलित, मधेसी, फरक क्षमता भएकाहरुलाई कोटा प्रणाली लागु भएको थियो । जुन प्रणालीबाट ती पछि पारिएका समुदायका अनुहारहरु सरकारी जागिरमा देखिन थालिएको थियो ।

२०७२ साल असोज ३ गते नेपालमा अन्तरिम संविधान खारेजीसँगै नेपालको संविधान २०७२ जारी भयो । यहि संविधानलाई टेकेर २०७४ सालमा पहिलो पटक निर्वाचन भयो । त्यसबेला खम्बु तत्कालिन संघयि समाजवादी पार्टीको विद्यार्थी नेताका रुपमा रहे । उनी यो सँगै आदीवासी आन्दोलनमा सरिक रहेका थिए । २०७६ सालमा नेपाल सरकारको लोकसेवा आयोगले संवैधानिक व्यवस्था विपरित विज्ञापन आव्हान ग¥यो । यस विज्ञापनको विरुद्ध आदिवासी जानजाति, मधेसी, मुस्लीम, दलित लगायत आरक्षण कोटामा रहेका समुहले आन्दोलनको घोषणा ग¥यो । ‘आरक्षण बचाउ’ आन्दोलनका कार्यक्रमहरु विभिन्न स्वरुपमा आए । कोणसभा, विरोधसभा, राकेजुलुस लगायत नेपाल बन्दसम्मको आन्दोलनका कार्यक्रमहरु थिए । ती कार्यक्रमहरु आंशिकरुपले सफल भएपनि यसले खास गति लिई रहेको देखिएन । तत्कालिन समयमा खम्बु नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका सचिव थिए ।

आन्दोलन दिन प्रतिदिन शिथिल जस्तै हुँदै गईरहेको बेला आदीवासी जनजाती प्रदेश समन्वय परिषद १ नम्बर प्रदेशले साउन ४ गते प्रदेश नं. १ बन्द गर्ने कार्यक्रम घोषणा गरेको थियो । नेपालको संविधानमा उल्लेख भएका अधिकार प्राप्त गर्न खोटाङ जिल्लामा खम्बु लगायतको टोलि लोकसेवा आयोगको परिक्षामा विथोल्ने कार्यक्रम बनाएका थिए । तत्कालिन आदीवासी जनजाती महासंघ खोटाङका सचिव वर्तमान अनेरास्ववियू (क्रान्तिकारी)का हाल केन्द्रिय सचिव रविन खम्बु, आदीवासी जनजाती महासंघ खोटाङका सहसचिव हाल अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सदस्य एल वि मगर, हालका अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला अध्यक्ष डार्विन चाम्लिङ, तत्कालिन दलित विकास मञ्चका नेता हाल नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटिका वैकल्पिम सदस्य मिलन चाहार र दलित विकास मञ्चको सदस्य तथा वर्तमान प्रेस सेन्टर खोटाङ सचिवसविना अछामी प्रहरीको फन्दा परे ।

उक्त आन्दोलनमा लोकसेवा आयोगको परिक्षा केन्द्र दिक्तेल बहुमुखी क्याम्पसमा रहेको थियो । उक्त परिक्षा केन्द्रमा पुगेर उनिहरुले प्रश्नपत्र खोसाएका थिए । त्यसबेला चरम याताना खेपेर भएपनि अधिकारको पक्षमा उभिने एक नेताको रुपमा खम्बुको परिचय स्थापित भएको छ ।

जुनसुकै विषयमा निर्धक्क आफ्ना विचार व्यक्त गर्ने स्वभावका खम्बु जुनसुकै समय अन्यायको विरुद्ध उभ्यादै आएका छन् । विद्यार्थी अधिकारको मात्र होईन, समग्र आदिवासीको अधिकारको बारेमा उनि सचेतता पूर्वक आफुलाई उभ्याउन सक्छन् । चाहे गोरु काटेको आन्दोलन होस या दलितलाई मन्दिर प्रवेश गर्न रोक लगाईएको विषय होस् । दलितले छोएको खाएको मानिसलाई सामाजिक बहिस्कार गरेको विषयमा होस उनि जहिल्यै अन्यायको विरुद्ध सतिशाल जस्तै उभिरहेका हुन्छन् ।

पछिल्लो समयमा खोटाङ जिल्लामा रहेर विभिन्न आन्दोलनको अग्रमोर्चामा रहने खम्बु अन्यायको विरुद्ध जेहाद छाड्ने गर्दछन् । पहिचानको पक्षमा भएको आन्दोलनकै कारण खोटाङ जिल्लाको मात्र नभई प्रदेशकै स्थापित यूवा विद्यार्थी नेताको छवि बनाएका उनी विद्यार्थी राजनीतिलाई शैक्षिक विभेदको विरुद्धमा लड्ने मोर्चाका रुपमा स्थापित गर्नु पर्ने राय व्यक्त गर्छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार