१ का विरुद्ध ३ गोल गर्दे मेर्लाले उठायो खोटेहाङ प्रथम अध्यक्ष फुटबल कप

खोटेहाङ । इन्द्रेणी पोखरीमा खेल मैदानमा आयोजिक प्रथम खोटेहाङ अध्यक्ष कप फुुटबल प्रतियोगिताको उपाधी मेर्ला फुटबल क्लब इन्द्रेणीपोखरी मेर्लाले उठाएको छ । बुधबार भएको फाईनल खेलमा पारुहाङ फुुटबल क्लबलाई १ का विरुद्ध ३ गोल गर्दै मेर्लाले उपाधी जितेको हो ।

खोटेहाङ गाउँपालिका खेलकुुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उपाधी जितेसँगै मेर्ला फुटबल क्लबले रु एकलाख रुपैयाँको पुरस्कार शिल्ड मेडल र प्रमाण प्राप्त गरेको छ । यसैगरी प्रतियोगिताको उप–विजेता बनेको पारुहाङ फुटबल क्लबले ६० हजार रुपैया सहित मेडल तथा प्रमाण पत्र हात पारेको छ ।

खेलको सेमिफाईनलिस्ट समुह साकेला फुुटबल क्लब र सोल्मा स्र्पोट्स क्लबले रु २० हजार रुपैयाका साथमा मेडल र प्रमाण पत्र पाएका छन् । प्रतियोगितामा विभिन्न विधागत पुरस्कारहरु समेत वितरण गरिएको छ ।

प्रमुख आथिति गाउँपालिकाका उपाध्याक्ष रुपेश राई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडा अध्यक्ष बसन्त राई तथा नेकपा माओवादी केन्द्रका पालिका कमिटि अध्यक्ष दिपेन थुलुुङ लगायतले विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका छन् ।

कार्यक्रम खेलकुद विकास समिति खोटेहाङका अध्यक्ष विजय राई लगायत समितिका पदाधिकारी तथा सदस्यहरुको सक्रिय व्यवस्थापनमा भएको थियो । समापन कार्यक्रमको संचालान राकेश राई (जीवन) ले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार