खोटेहाङ गाउँपालिका प्रथम फुुटबल कपको फाईनलमा मेर्ला र पारुहाङ भिड्दै

खोटेहाङ । खोटेहाङमा जारी पालिका स्तरी प्रथम अध्यक्ष कप फुुटबल प्रतियोगिताको फाईनलमा इन्द्रेणीपोखरीका दुुईवटा स्थानीय क्लबहरु भिड्ने भएका छन् । इन्द्रेणीपोखरीको घरेलुु मैदनमा जारी रहेको खेलमा साकेला फुुटबल क्लबलाई हराउँदै स्थानीय मेर्ला फुुटबल क्लब फाईनलमा प्रवेश गरेको छ ।

आज मंगलबार साकेला फुटबल क्लब र मेर्ला फुुटबल क्लबबीच भएको पहिलो सेमि फाईनल खेल निर्धारित समय सम्म शुन्य गोलमा सिमित थियो । निर्धारित समय सकिएपछि भएको भएको पेनाल्टि शुट आउटमा मेर्ला फुुटबल क्लबले ४ गोलको विरुद्ध ५ गोल गर्दै फाईनलमा प्रवेश गरेको हो ।

यस्तै सेमि फाईनलको दोस्रो खेलमा सोल्मा स्पोर्टस् क्लबलाई हराउँदै स्थानीय पारुहाङ फुटबल क्लब फाईनलमा प्रवेश गरेको छ । दुवै प्रतिस्पर्धि टिमबीच निकै रोचक प्रतिस्पर्धा रहेको खेलको दोस्रो हाफ टाईमको मध्य समयमा पारुहाङ फुटबल क्लबको तर्फबाट एक गोल भएको थियो । अन्तमा यहि गोल नै निर्णायक गोल बन्दै पारुहाङ फुुटबल क्लबले ० को बिरुद्ध १ गोलले फाईनलमा प्रवेश गरेको हो ।
यसअघि क्वाटर फाईनल खेलमा धरान १३ लाई हराउँदै पारुहाङ फुुटबल क्लब सेमि फाइनलमा आएको थियो ।

भोलि बुधबार ९ गते प्रतियोगिताको फाईनल खेल मेर्ला फुुटबल क्लब र पारुहाङ फुुटबल क्लब बीच हुने छ । यी दुवै टिक ईन्द्रेणी पोखरीको घरेलुु मैदानमा भिड्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार