खोटेहाङ ।
इन्द्रेणीपोखरीको खेल मैदानमा प्रथम खोटेहाङ फुुटबल कपको आज शुक्रबार उद्घाटन भएको छ । खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम राई ‘मुक्ती’ले ब्यानर पढेर कपको उद्घाटन गर्नु भएको हो ।
व्यानर पढेर भएको उद्घाटनपछि गाउँपालिका कर्मचारी भर्सेज गाउँपालिकाका भेट्रान टिमको बिच मैत्रीपूर्ण खेल भएको थियो । उद्घाटन खेल भनिएको खेलमा गाउँपालिकालाई १ विरुद्ध २ गोल गरेर भेट्रान टिमले विजयी निकालेको छ ।
अम्पाएर पवन राईले खेलाएको पहिलो खेलमा भेट्रान टिमको तर्फबाट उदय राई र रविन्द्र राईले एक एक गोल गरेका थिए भने जवाफमा गाउँपालिका टिमका तर्फ प्रमुख प्रशासकीय अधिकृत महेश राईले एक गोल फर्काएका थिए । शुरुवाती चरणमा दुुवै समुहको बराबरी एक एक गोल रहेको भएपनि रविन्द्र राईले पाएको पेनाल्टी गोल विजयको कारक बनेको थियो ।
मैत्रिपूर्ण खेलपछि भएको प्रतियोगिताको पहिलो खेल कातिके फुटबल क्लब(केएफसी) बी र चण्डीथान बिच भएको थियो । विरेन गुरुङले अम्पाएरीङ गरेको खेलमा चण्डीथानलाई एक गोलका विरुद्ध दुुई गोल गर्दै केएफसी बीले आफ्नो विजयको यात्रा शुरुवात गरेको छ ।
केएफसी बि को तर्फबाट क्रमश ललित राई र नविन राईले एक एक गोल गरेको खेलमा चण्डीथानका लागि भने टिम क्याप्टेन पारुहाङ राईले एक गोलमात्र गर्न सफल भए ।
प्रथम खोटेहाङ फुुटबल कपमा जम्मा २३ वटा खेल समुहले भागलिने भएका छन् ।