सम्झनामा : शहिद ठुलकुमार श्रेष्ठ उर्फ ‘आकाश’

एउटा समाज परिवर्तन गर्न हिँडेका योद्धा जसले यो समाजको परिवर्तनलाई आत्मसाथ गर्दैै वर्तमान समाजको परिकल्पना गरेको थियो । उसैको स्मृतिमा खोटाङ जिल्लामा एउटा कार्यक्रम मिसमास गरियो । नेपाली समाजमा रहेको वर्गिय शोषण, उत्पिडन र सबै खाले विभेदहरुको अन्त्य गर्दै दीर्घकालिन जनयुद्धमा हाम फालेको एक रक्तिम योद्धालाई सम्झिरहँदा हलमा सान्नाटा छाएका थिए । शहिदपुत्रि कान्ति श्रेष्ठले जम्मा ५÷७ शब्दले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरिन होला । जुनबेला क्रान्ति र परिवर्तनका निम्ति हिडेका योद्धालाई मायाले हेरी पठाएका उनलाइ मनमा के जाग्यो होला ? कार्यक्रममा सहभागीहरुले प्रत्यक्ष अनुुभव गरेको आभाष थियो ।
नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने उदेश्यले २०५२ साल फागुन १ गतेबाट शुरु भएको एउटा जनयुद्धका योद्धाको स्मरणमा सबै गम्भिर थिए । एक क्रान्तिकारी योद्धा थिए शहिद ठुलकुमार श्रेष्ठको सम्झना एक चोटी सबैले गरे र गरियो । खोटाङ जिल्लामा रहेको दिलकाजी ठुुलकुमार स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सबै स्तब्ध थिए । कार्यक्रम संचालक तथा वक्ताहरु समेत नोस्टाल्जिक भएको कार्यक्रम थियो त्यो ।
शहिद ठुुल कुमार श्रेष्ठको जन्म २०२० मंसिरमा दा्ेर्पाको दोबेलामा बुवा भिमबहादुर श्रेष्ठ र आमा खडग लक्ष्मी श्रेष्ठको कोखमा भएको थियो । परिवारको एकलो छोरा श्रेष्ठको बाल्यकाल कृषि र चेतनाको उर्वर ठाउँ दोर्पाको दोवेलामा नै वितेको थियो । दोबेलाको उर्वर भुमिमा क्रान्तिको नायक समेत उम्रन सफल भएको रहेछ भन्ने उनको विचारले प्रमाणित ग¥यो । तत्कालिन श्री सरस्वती मावि दिक्तेलबाट प्रथम श्रेणीमा एसएलसी उतिर्ण गरेका श्रेष्ठले छिमेकी जिल्ला भोजपुर क्याम्पस भोजपुरबाट व्यवस्थापन विषयको बी.कम. उतिर्ण गरेका थिए । सरस्वती माविमा अध्ययन गर्दै तत्कालिन अ.ने.रा.स्व.वि.यू. छैठौँमा क्रियाशिल श्रेष्ठले भोजपुर क्याम्पसमा समेत विद्यार्थी संगठनको नेतृत्व गरेका थिए ।
तत्कालिन नेकपा एकता केन्द्रको पार्टी सदस्य प्राप्त गरेका श्रेष्ठले मुलुकको आमुल परिर्वतनको पक्षमा क्रान्तिकारी विचार बोकेका थिए । आफ्नो पार्टी भित्र तत्कालिन दुईलाईन संघर्ष चर्कदै गर्दा उनि पार्टी हेडक्वाटरको बहुमत पक्षलाई समर्थन गर्दै जनयुुद्धको कार्यदिशा तर्फ लागे । तत्कालिन नेकपा एकता केन्द्रको बहुमत पक्षले क. प्रचण्डको नेतृत्वमा शसस्त्र जनयुद्ध लड्ने राजनैतिक वैचारिक कार्यदिशा लिएर जनयुद्धको घोषणा ग¥यो । यो सँगै पार्टीको नाम समेत परिवर्तन गर्दै नेकपा माओवादी राख्यो ।
हो यहि बेला बी.कम. ्पास गरेका श्रेष्ठ खोटाङको कालिका मावि खार्मीमा शिक्षक हुनुुहुुन्थ्यो । पार्टीले जनयुद्धको संखघोष गरिसकेपछि उनले शिक्षण पेशा छाडेर क्रियाशिल राजनीतिमा आफुलाई रुपान्तरण गर्नु भयो । २९ बर्षको उमेरबाट भुमिगत हुनु भएको शहिद ठुलकुमार श्रेष्ठले श्रीमति शान्ति श्रेष्ठसँग विवाह गरिसक्नु भएको थियो । उहाँले आफ्ना साना नानिहरुलाई श्रीमतीको साथमा छाडेर क्रान्तिमा जीवन समर्पण गर्नुु भएको थियो । भुुमिगत रहनु भएको श्रेष्ठ २०५४ सालको दँशैको बेला घर जाँदा प्रशासनले गिरिफ्तार गरेर राज्य विरुद्धको मुद्धामा जेल चलान समेत ग¥यो । तीन महिनाको कैद सजाय भुक्तान गरी २०५५ साल बैसाख १४ गते उहाँ जेलबाट छुुट्नु भयो र फेरी पार्टीकाममा जोडिनु भयो । पार्टी कामकै शिलसिलामा रहँदा २०५५ साल पौष २७ गते उदयपुरको कटारी नजिकै तावाश्री भन्ने गाउँको एक पसलमा खानेकुरा खोज्दै जाँदा प्रहरीले गोलि चलाई उहाँको हत्या ग¥यो । उहाँसँगै सिन्धुलीका चतुरमान र बसन्त श्रेष्ठको पनि हत्या भएको थियो ।
परिवारमा ३ छोरी सानै हुँदा उहाँले शहादत प्राप्त गर्नुभयो । जनयुद्धमा लागे वापत खोटाङ जिल्लामा पहिलो शहिद श्रेष्ठ २०५२ साल साउन १७ गते दिक्तेल बजारको प्रशासकीय भवनहरु भन्दा बसेखा तर्फजाने केशव आचार्यको घरमा नेकपा माओवादीको जिल्ला पार्टी सदस्यको जिम्मेवार सम्हाल्नुु भएको थियो । क. बाबु तामाङको सेक्रेटेरियटमा बनेको तत्कालिन ने क पा माओवादी खोटाङको (डिओसी) जिल्ला संगठन समिति गठन गर्दा नेकपा माओवादीका केन्द्रिय सदस्य अग्नी प्रसाद सापकोटाको उपस्थिति रहेको थियो । तत्कालिन अखिल छैठाँँैको केन्द्रिय सदस्यको भुमिकामा रहनु भएको श्रेष्ठ नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक केन्द्रिय सदस्य, अखिले नेपाल जनसांस्कृतिक संघ खोटाङका अध्यक्ष समेत रहनु भएको तथ्यहरु रहेका छन् । पार्टीमा ‘आकाश’ नामले चिनिने श्रेष्ठ स्वभिमानी, बहुमुखी प्रतिभाको धनि तथा कुशल नेता हुनुहुन्थ्यो । शहिद ठुलकुमार श्रेष्ठको नाम सुनौलो इतिहाँसमा अंकित छ । उहाँको प्रेरणाले निरन्तर क्रान्ति चलि रहन्छ ।

– भिम राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार