निर्माणधिन स्वास्थ्य चौकी भवनको पर्खाल एक मुड्कीले पुुर्लुक्क


ऐसेलुखर्क
१८ मंसिर । खेटाङको एसेलुखर्क गाउँपािलका वडा नम्बर १ राखा स्थित निर्माणधिन स्वास्थ्य चौकी भवनको पर्खाल एकै मुड्कीले ढलेको छ । स्थानीय युवा व्यवसायी गणेश नाछिरिङले भवनको पर्खाल शंका लागेर हल्लाउन खोज्दा पुरै ढलेको थियो ।

इंटा र सिमेन्टको प्रयोग गरेर निर्माण गरेको भवनको पर्खालमा प्रयोग भएका सामग्री गुणस्तर हिन जस्तो लागेर उनले हल्लाउन खोजेका थिए । ठेकेदारको लार्पावाहीका कारण स्वास्थ्य चौकीमा हालिएको पर्खाल हातले सामन्य धक्का दिँदै ढलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तरगत सघन शहरी विकास कार्यक्रम अन्र्तगत बन्न लागेको भवनको पर्खाल स्थानीयले हेर्दा कमशल जस्तो लागेर धकेल्दा बार्लाङ बुुर्लुङ ढलेको छ । आर्थिक बर्ष २०७६÷७७ मा ठेक्का सम्झौता भएको उक्त योजना केही समय अगाडि देखि अलपत्र रहेको छ ।

गौरा पार्वती निर्माण प्रालि र न्यु टेक्निकल निर्माण प्रा.लि. को साझेदारीमा सम्झौता भएको उक्त भवन निर्माणको काम ढिलाई मात्र होईन कमशल समेत रहेको स्थानीयले जनाएका छन् । पहिल्यै सक्नु पर्ने योजना अहिले सम्मपनि अस्त व्यस्त रहेको भन्दै स्थानीय युवाहरुले चासो बढाएका हुन् ।

भवन निर्माणका लागि केही समय अगाडि कृष्ण भन्ने व्यक्तिले काम शुरु गरेको भएपनि उनि अहिले बेपत्ता जस्तै भएकाले योजना लथालिङ्ग भएको छ । दुुईबर्ष अगाडि देखि काम रोकिएको आयोजनाको काम गर्न पछिल्लो समयमा न्यु टेक्निकल प्र.लि. सुपरभाईजर जीवन तीवारीले हेर्न थालेका छन् ।

शहरी विकास मन्त्रालयका इन्जिनियर विनोद मण्डलका अनुसार जीवन तिवारी आएको भएपनि कार्यक्षेत्रमा देखिएका छैनन् । मण्डलका अनुसार मन्त्रालयले खोटाङ जिल्लामा एकै साथ पाँचवटा विल्डिङ निर्माणको सम्झौता भएकाले राखामा अलि ढिला भएको छ ।

खोटाङ जिल्लाको हलेसी तुवाचुुङ नगरपालिकाको बाहुनीडाँडा र मंगलटार, ऐसेलुखर्कको राखा बाङदेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दोर्पा चिउरीडाँडा र दिप्रुुङ चुुईचुम्मा गाउँपालिकाको बतासे एकसाथ भवन बन्न लागेको हो ।

सामाजिक सञ्जालमा राखाको उक्त भवनमा देखिएको लापार्वाही हेर्दा अन्य स्थानको समेत योजना शंकास्पद रहेको छ । उक्त योजनाको जिम्मा लिएका सुुपरभाईजर नीवन तिवारीले भने यस्तो नहुने बताएका छन् ।

उनले आफुुले यो प्रोजेक्ट शुरुबाट नहेरेको भन्दै भर्खरमात्र प्रोजेक्टमा आएकाले स्थलगत हेरेपछि मात्र सबैकुरा भन्न सकिने तीवारीले बताएका छन् । उनले भने, ‘आफुलाई कम्पनिले भर्खरमात्र यता खटाएकाले सबै बुुझ्न पाएको छैन । खोटाङमा भएको पाँचवटा योजनामध्ये कतिपय स्थान पुुगेकै छन् ।’

उता स्थानीयले भने यस्तो कमशल कामको जिम्मा निर्माण कम्पनिले लिनुपर्ने भन्दै सबै सामग्रीको गुुणस्तर मापन गरेरमात्र काम अगाडि बढाउन माग गरेका छन् । उनीहरुले लगभग एकतलाको काम सकिएको योजनाको हालत हेर्दा गुणस्तर परिक्षण विना कामगर्न नदिने बताएका छन् ।

यसकालागि एकपटक सबै परिक्षण गरेर सो को प्रतिवेदनको अनुसार मात्र काम गर्न उनिहरुको माग रहेको छ । उता निर्माण कम्पनीका प्रतिनिधी जीवन तीवारीले भने पहिले कार्यक्षेत्रमा गएर स्थलगत नहेरे सम्म केही बोल्न नमिल्न् जनाएका छन् ।

तीवारीले एक हप्ता भित्र सबै योजना स्थल जाने र अवस्था अनुसार जे गर्न परेपनि कम्पनी तयारी रहने बताए । उनले भने, ‘यस अगाडि जो जसले जिम्मा लिए विगारे की सपारे नहेरी भन्न सकिन्न । तर विग्रेकै भएमा कम्पनीले यसलाई सच्याउन सक्ने ठाउँ दिनु पर्छ । हामी प्रतिवद्ध छौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार