प्रसाईको स्टन्टवाज ओरालो यात्रा र लोकतन्त्र माथी बढदै गएको खतरा ?

भुमिपुत्र खोटाङ्गे

दुर्गा प्रसाई सुरुमा एक सामान्य कर्मजीवि नागरिक थिए । मेहनतको भर्याङ चढ्दै आफुलाई व्यवसायहरुमा स्थापित गर्दै लगे । सबैको नजरमा पर्दै गए । आवश्यकता अनुसार राजनैतिक नेतृत्वहरुसँग हिमचिम पनि बढाए, हित्तचित्त मिलुन्जेल नेताहरुले प्रसाईको कमाई बढाउन र प्रसाईको कमाईबाट आफ्नो उचाई बढाउन एक अर्कालाई भरपुर प्रयोग गरागर गरे । स्वार्थसँग जोडीएको सम्बन्ध न हो कति दिन टिक्थ्यो र ?
प्रसाईले दिन दुई गुणा रात चौगुणाको दरले आफ्नो व्यावसाय वृद्धि हुँदै गएको बताउन थालेको प्रचारका लागि थियो । अत्याधुनिक अस्पताल, विद्यालयहरु, निर्माणाधिन तारे होटेल, मार्ट र मलहरु आफ्नो बताउदै गए, यो सुनेर नेताजिहरुले जिब्रो टोक्न सुरु गरे, लोभ र मोहमा समेत उनिहरु फसेकै हुन् । प्रसाईले नेताहरु विरुद्ध उग्र प्रतिक्रिया दिन थालेपछि प्रसाईसङ्ग मिलेर शेयरधनी बन्ने कि प्रसाई र उनको व्यावसाय ध्वस्त पार्ने भन्नेमा गम्भीर साझा विमर्श सुरु भयो । प्रसाईले आफ्नो बोल्ने शैली सुधार्नु ÷ मध्यमार्गी बाटो हिड्नुको सट्टा झन् झन् अति उग्र अभिव्यक्ति दिदै गए । आफ्नो कोथे बस्दै गरेको सिङ्गले बुढा गोरुहरुसँग सिघौरी खेल्न सुरु गरे । जुन उनको लागी अलि बढी नै हतार भएको प्रमाणित हुदैछ र फुक्लिने पनि पक्का जस्तै छ ।
कालान्तरमा प्रसाईले राजनीतिमा सत्ता र शक्ति, अनि यिनिहरुको यात्राको रेलमा अत्यावश्यक तेल (पैसाको) महत्व राम्ररी बुझे र रुचिपुर्वक राजनीतिमा सहभागी बनेको यर्थात हो ।
त्यसपछी मौका पायो कि जिब्रो र दिमाग दुबै चलाउन सुरु गरे । एक हुल युुट्युबरहरुको प्रयोग गरे । फाट्टफुट्ट भ्युज आउन पनि थाल्यो । उनी उत्साहित बन्दै गए । सुरुमा समाज सेवा मार्फत मैदानमा उत्रीएका उनले अलिअलि चर्चा र विश्वास जुटाउन सफल पनि बन्दै गए ।
भनिन्छ फर्सी भित्र भित्रै कुहिएको र व्यापारीहरु आर्थिक चपेटामा परेको कसैलाई थाहा नै हुन्न । मान्छेले आफ्नो काम बिना हल्ला गरी गरिरह्यो भने कसैले वास्ता गर्दैनन् । सफलताको शिखर पुग्न सजिलो हुन्छ । बढी हल्ला गरेपछि सबैले चियोचर्चा गर्छन । बिस्तारै प्रसाईले बैंकसँग लिएको ऋणको डाटाहरु सार्वजनिक हुनसुरु भयो । उनले गरेका नकारात्मक कर्महरुको मिशनसहित उत्खनन भई सार्वजनिक भयो र अझै थप हुदैछन पनि । उनले आफ्नो कमजोरीहरु र भत्किन सुरु गरेको पाटो टाल्नुको सट्टा उल्टै प्रहरी, प्रसासन, न्यायलय, अन्य व्यावसायिक घरानाहरु, राजनैतिक नेतृत्वहरु, अन्य चरीत्रहरुप्रती अनावश्यक नकारात्मक टीका टिप्पणीहरु गर्न थाले ।

वास्तवम उनि सुशासन कायम र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउदै लामिछाने मार्ग पछ्याउँदै स्थापित हुन चाहन्थे, तौरतरिका मिलेन । प्रसाई सबैका साझा शत्रु बनिसकेको उनलाई पत्तै भएन । हाल बढी जसो आफ्नै कर्मले र थोरै चाहिँ सबैको साझा शत्रु बनेकाले उनी निकै ठुलो सकसमा छन । विशेषगरि राजनैतिक नेतृत्वहरुलाई “हजुरको बाउको माथ, भन्नुपर्ने ठाउमा ठाडै तेरो बाको टाउको’’ भन्ने प्रष्ट भाषाले उनिहरुको मन दुखाएको प्रस्ट छ ।
खास यहीँबाट सुरु भयो । विशेषगरी कम्रेडहरुसँग वास्तविक दुश्मनीको बिजारोपण, उनि अहिले बैंकिङ÷बित्तीय पीडितहरुको नजरमा मसिहा हुन, स्वयंम उनी निकै ठुलो राशिको बैंक कर्जामा छन, यसर्थ आर्थिक तनावमा पनि छ् । अर्कोतिर आफुले बोले गरेको सबै सहि र अरुको सबै गलत भन्ने रोगबाट ग्रसित मनोरोगि पनि हुन । अर्थात यसो भनौँ केही दिन बिराएर कुनै एक विषय वा व्यक्तिको विरुद्धमा स्टन्ट नगरी उनलाई भातै पच्दैन ।
यद्यपी लोकतन्त्र प्रेमिहरुले बुझ्नैपर्ने गुह्य कुरो चाहिँ उनलाई अहिले राजावादी र अति हिन्दुवादीहरुले गोटि बनाईरहेका छन् । किन की उनिहरुको स्वार्थ मिलेको छ । उनको प्रभावकारीता राष्ट्रिय हितका नीति, सिद्धान्त, विचार र क्षमताले हैन, उनको लोकतन्त्र, गणतन्त्रवादिहरुसँगको बेमेल नै अति हिन्दुवादी र राजवादीहरुको नजरमा ठुलो शक्ति बन्न पुुगेको छ । यिनै अलपत्र, छरपष्ट र भद्रगोल झुन्डहरुको सहयोगमा प्रसाईं मङ्सिर ७ गते मा सडकमा उत्रदै छन । यो उनको बुद्धि र विवेक, शक्ति र सामथर््यले नभई राजावादी, अति हिन्दुवादीहरुले धमिलो पानीमा माछा मार्न खोजेको बुझ्न लोकतन्त्रकर्मीहरुले ढिलो गर्नु हुँदै हुन्न ।
मुलुक र सिङ्गो व्यवस्था परिवर्तनका लागि ७५ वर्ष सबै खाले शक्ति र घटना क्रमहरु सङ्ग पौठेजोरी खेलेर स्थापित नेपालीहरु माझ अत्यन्तै लोकप्रिय पार्टी नेकपा एमाले र युवाहरूको विश्वासिलो युवा संघ नेपाल पनि भर्खरै ५०÷५५ नाघेको प्रसाई विरुद्ध यहि २०८० मंसिर ७ गते सडकमा उत्रदै गरेको खबर छ । मेरै गृह जिल्ला खोटाङबाट पनि पुर्वतयारीका लागि प्रीय युवा साथीहरू काठमाडौं आएको देख्दैछु । मुलुकमा व्याप्त भ्रष्टाचार विरुद्ध र सुसाशन कायमको लागि हो भने यो सडक आन्दोलन सहि होला, तर सिङ्गो एक व्यक्तिका विरुद्धमा हो भने चाहिँ तोपले झिंगालाई हान्नु र सिङ्गो एमालेलाई प्रसाई सङ्ग भिडाएर आफुलाई कमजोर पार्नु एकै हो ।
यती बेला म आज भन्दा करिब १६÷१७ वर्ष अघिको गौर हत्याकाण्डबारे स्मरण गर्दैछु, न त्यहाँ प्रचण्ड मरे, न त उपेन्द्र यादव नै, त्यहा त हामी जस्ता निर्दोष गरिबहरुका २८सन्तानहरु मारिए । मंसिर ७ गते साच्चिकै दोहोरो भिडन्त भईहाल्यो र अप्रीय दुर्घटना भयो भने यसको जिम्मेवारी कसले लिने ?
हामी चाहन्छौ । यसको उचित राजनैतिक वा प्रसासनिक निकास खोजियोस, प्रीय युवाहरू तिमीहरुलाई हेक्का हुनुपर्छ यो दिन बस्नेत र प्रसाईलाई राजनीतिको उकालो चढने सिढी बन्न सक्ला, तर तिम्रो बा र आमाले आफ्नो प्रीय छोरा गुमायो भने परिवारको हालत कस्तो बन्ला ?
सचेत दलले सिङ्गो मुलुकबारे सोचेर निर्णय लिने हो, आन्दोलन र अभियान सञ्चालन गर्ने हो, ओलिबा र बस्नेतको अभिव्यक्ति हेर्दा टिठ लाग्दो छ । आलोचना अलिकति पनि सहनै नसक्ने, वर्तमान परिपेक्षमा आगोमा घिउ थप्ने खालको मात्रै छ ।
राजनेताको परिचय बनेपछि चरीत्र पनि राजनेताकै हुनु आवश्यक छ । कहिलेकाही ओलि बा! को अभिव्यक्ति सुन्दा लाग्छ उनी ९ कक्षाको वादविवाद प्रतियोगिता सहभागी विद्यार्थी हुन कि ?
व्यक्तिले के भन्छ त्यो गौण विषय हो । लोकतन्त्रको अर्थ सबैलाई गाली गर्न पाईने भन्ने पनि हैन । यहाँ अरुको चरीत्र हत्या गर्ने छुट कसैलाई छैन । माथि नै उल्लेख गरिसके प्रसाई पुर्ण रूपमा स्वस्थ छैनन भनेर । उनले गलत बोलेको भए यसको कानुनी उपचार खोज्नुपर्छ । प्रसाईलाई तह लाउनै सडक आन्दोलनको आयोजना गर्नु थप लोकतन्त्रलाई कमजोर पार्नु पनि हो । लोकतन्त्र बिरोधिहरुलाई मलजल नै गर्नु हो ।
प्रसाई पात्र अस्तव्यस्त राजनैतिक निर्णय र अप्रीय राजनैतिक दुर्घटनाहरुले जन्माएको एक पात्र हो । उनी भविष्यमा के गर्लान त्यो गौण विषय हो । विवेक पलाई हाले साधु, सन्त, महन्त बनेर शान्तिको मार्ग रोज्ने छन ?
किनकि अहिलेसम्म अरु सङ्ग लामो समय मिल्न नसकेका उनको स्वार्थपुर्ण सम्बन्धको आयु यी झुन्डहरु सङ्ग त झन कति दिन टिक्ला र ?
तर हामी जिम्मेवार नागरिक हौँ । लोकतन्त्र प्राप्तिका लागि कैयौंले जीवन र यौवन गुमाएका छौँ । शिशु लोकतन्त्रलाई हुर्काउने, बढाउने र जोगाई रहने कर्तव्य हाम्रो पुस्ताको हो ।
अन्त्यमा व्यवस्था जतिनै परिवर्तन भए पनि व्यवस्थापन सहि ढंगले भएन भने जनताहरु सडकमा आउँछ्न नै यो अवस्थाहरु सिर्जना हुनुमा वर्तमान सरकार र त्यसमा सहभागी दलहरु जिम्मेवार हुन । म पनि कुनै एक दलको कार्यकर्ता हुनुको नाताले जिम्मेवार छु । सुशासन र व्यवस्थित राजनैतिक निर्णयहरुका निम्ति आफ्नो पार्टी नेतृत्वमा पु¥याउने नै छु । अहिलेको साझा सङकल्प भनेको सबैले आफ्नो हठ त्यागी अर्जुन दृष्टिका साथ लोकतन्त्र जोगाउनतर्फ लाग्नु नै हो ।
सबैको जयहोस
सबैको भलोहोस
जय नेपाल

स्रोत : सन्जयकुमार राईको पेज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार