कांग्रेस एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

ऐसेलुखर्क गाउँपालिमा विभिन्न पार्टी परित्यागगरी २९ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनिहरुले नेपाली कांग्रेस, नेकपा एमाले र जसपा परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुमा नेपाली कांग्रेस ऐसेलुखर्क गाउँपालिका समितिका सह सचिव ईश्वर राई, नेकपा एमाले पूर्व पार्टी प्रतिनिधी रामेश्वर राई, जनता समाजवादी नेपालका पुर्व जिल्ला सचिवालय सदस्य गीता श्रेष्ठ लगायत रहेका छन् । यस्तै नेपाली कांग्रेस नीकट तरुण दलका सदस्य किरण राई सँगै वडा नम्बर ५ महेश्वरीका जसपा नेपालका वडा अध्यक्षका प्रत्यासी उमेद्वार समेत रहेका ध्रुवकाजी राईले पनि पार्टी परित्याग गरेका छन् ।

जसपा नेपालको महेश्वर अध्यक्ष जितप्रसाद पाण्डे समेत १९ जना, जलेश्वरीबाट एकजना र ऐसेलुखर्कबाट एकजना गरी जम्मा २२ जना माओवादी केन्द्रमा समाहित भएका हुन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संघीय सांसद रामकुमार राई ‘पासाङ’, जिल्ला इन्चार्ज चम्पा कार्की ‘आशा’ तथा केन्द्रिय सदस्य ङिमा तेण्डुप शेर्पा लगायतका नेताहरुले उनिहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत भएको पार्टी स्कुुल संचालन कार्यक्रममा उनिहरुलाई प्रवेश गराईएको हो । माओवादी केन्द्रका ऐसेलुखर्क पालिका कमिटिले वडा नम्बर ५ मा कमाण्डर बलभद्र राईलाई तोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार