माओवादी अभियान सुुङ्देलमा

घर–घरमा माओवादी, जन–जनमा माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत शनिबार केपिलासढी गाउँपालिका ७ सुुङदेलमा वडा स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङिमा तेण्डुुप शेर्पाको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।

केपिलासगढी गाउँपालिका अन्र्तगत वडा नम्बर ६ दिप्सुुङ र वडा नम्बर ७ सुुङ्देलका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा पार्टी केन्द्रले तोकेको ५ घण्टे प्रशिक्षण चलाईएको हो । केन्द्रिय सदस्य प्रमुख प्रशिक्षक रहनु भएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य होमकाजी आचार्य ‘विनोद’, तथा प्रेस सेन्टर नेपाल श्रमजीवि मिडिया सजाल प्रदेश १ संयोजक भिम राईले छुट्टाछुुट्टै विषयमा सहजीकरण गर्नु भएको थियो ।

सुुङ्देल वडाका अभियान कमाण्डर तेजकुमार राई ‘अग्रज’ले स्वागत गर्नु भएको कार्यक्रममा पार्टीको आगामि कार्यदिशा, संगठन निर्माणको प्रकृया, संचार तथा सामाजिक सञ्जालले पुु¥याउने सहयोग जस्ता विषयमा प्रशिक्षित गराईएको केपिलासगढी गाउँपालिका कमिटि उपाध्यक्ष जिज्ञासा राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार