बाक्सिलाको बुुधबारे हाटमा कृषि उत्पादनको बाहुल्यता


भिम राई
समय अनुसारको फलफूललाई विनिमय गर्ने हाटको रुपमा लिईन्छ स्थानीय बाक्सिला बजार । यसले ग्रामिण भेगका किसानहरुको गर्जो टार्नेकाममा महत्वपूर्ण सहयोग पुु¥याउँदै आएको धेरै बर्ष भयो । पहिले पहिले गम्केर लाग्ने उभोखोला क्षेत्रको नामुुद बजारमा अहिले मानिसहरुको संख्या भने घट्दै गएको छ । पहिले पहिले जस्तो बजारमा घम्सा घम्सिपनि हुँदैन । बजार एकदमै सहज हिसाबले लाग्छ । बजारमा धेरै जसो स्थानीय उत्पादनहरुको विक्रि वितरण हुने गरेको छ । सिजन अनुसारको फलफूल नै यहाँको मुुख्य व्यापार हो ।
सुुङ्देलमा बुनेको डोको, थुन्से र कोक्रो, बाङ्देलमा बनेको मादल, खार्मीमा फलेको सुुन्तला, बासपानी खार्ताम्छाको लसुन, प्याज र गोलभेडा बजारको मुुख्य आकर्षण हुन् । चिउरीखर्क अम्बोटेको अम्बक, कागती र केरा तथा तरकारी जन्य वस्तुहरु यहाँको बजारमा पाईन्छ । रावाखोला र तापखोलाको आलो माछा, स्थानीय राँगा सुुँगुरको मासुु किन्नकै लागि मानिसहरु यहाँ जम्मा हुुन्छन् । फेदीतिरबाट दैनिक जसो ३÷४ क्विन्टल आलु खपत हुुन्छ बाक्सिलामा ।
भौगोलिक हिसाबले यसक्षेत्रको प्रमुख व्यापारिक केन्द्र रहेको बाक्सिलामा अहिले केही नयापनि थपिएको छ । पुरानो चित्राले बारेको होटल तथा पसलहरुको साटो अहिले फलामे ट्रष्ट र जस्ताले छाएको गोठहरु पाईन्छ । बजार पहिलेको भन्दा केही फरक छ । अहिले बाक्सिला बजारमै भने रांगा सुँगुर काट्ने पशुवध शाला छैन । यद्यपी बुधबार लाग्ने हाटकालागि बजारको आसपास मासुु काटिने गरेको छ ।
साप्ताहिक हाटमा करिब २० देखी ३० लाखको कारोबार हुने गरेको स्थानीय उद्योग वाणिज्य संघ केपिलासगढी बाक्सिलाका अध्यक्ष शिव कुमार राईले बताउँछन् । बजारमा स्थानीय उत्पादन बाहेक जुत्ता चप्पल, लत्ता कपडा, नुन तेल, चिनि मसलाहरु बाहिरबाट आउने गरको छ । मानवीय आवश्यकतालाई हेरेर समान खरिद गर्नकै लागी गाउँ–गाउँबाट मानिसहरु आउँछन् । उनिहरुले आफुसँग भएको समान विक्रि गर्ने र त्यहि आफुलाई चाहिएको समान खरिद गरिलाने गरेका छन् ।
यतिका धेरै वस्तुु विनिमय गर्दै आएको यो बजारमा कुनैपनि उत्पादनमा आत्म निर्भर भने हुन सकेको छैन । केपिलासगढीले अझैपनि तराईको गोलभेडा, भारतको प्याज खपत गर्दै आएको छ । यो भने दुखद पक्ष हो ।
अर्को तर्फ बाक्सिलामा आउँदा हेर्न लाई केही ठाउँहरु छन् । केपिलासगढी÷चिनागढी यहाँको प्रमुख पर्यटकीय स्थल हो । बरमेधारा, दुङ्कुुलुु, तोदिप्पु ओडार, ढाल तरवार डाँडाँ, खोकुुलङु ढुुँगा, मौरै, लौरै, रेणु, रावाधाप, चिलिमढुँगा, तेराभिर, धोद्रे मयुुङ सोदेल भुमेस्थान आदी यहाँको हेर्न लायक स्थानहरु हुन् ।
हेर्न र घुम्न आउने ठाउँहरु भएपनि केपिलासगढीमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन एकदमै न्युन रहेको छ । आईहालेका पाहुनालाई केपिलासगढीले दिएर पठाउने विशेष उपहार छैन । इलामको छुर्पी, भोजपुरको खुकुुरी, दिक्तेलको लठ्ठी, रुम्जाटारको राडी भने जस्तै बाक्सिलाको के ? यता तिरपनि अब स्थानीय सरकार, उद्यागी व्यापारी, तथा नागरिकहरु ध्यान पुुगेमा सुनमा सुुगन्ध हुने थियो की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार