माओवादी विशेष रुपान्तरण दोस्रो चरणको कार्यक्रम केपिलासगढीमा

नेकपा (माओवादी केन्द्र) केपिलासगढी गाउँपालिका समितिले वडा स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । घर–घरमा माओवादी, जन–जनमा माओवादी विशेष रुपान्तरण अभियानको दोस्रो चरणको कार्यक्रम अन्र्तगत केपिलासगढीमा पहिलो चोटी कार्यक्रम शुरु भएको हो ।

नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङिमा तेण्डुप शेर्पा प्रमुख प्रशिक्षकका रुपमा रहनु भएका कार्यक्रममा केपिलासगढी गाउँपालिका अन्र्तगत वडा नम्बर ३, ४ र ५ का अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको छ । पार्टी केन्द्रले तोकेको ५ घण्टे प्रशिक्षण कार्यक्रममा पार्टीका प्रदेश सदस्य होमकाजी आचार्य ‘विनोद’, पार्टी प्रदेश सदस्य विकास राई तथा प्रेस सेन्टर नेपाल श्रमजीवि मिडिया सजाल प्रदेश १ संयोजक भिम राईले छुट्टाछुुट्टै विषयमा सहजीकरण गर्नु भएको थियो ।

पालिका कमिटि इन्र्चाज मनकुमारी रसायली ‘रस्मि’ ले धन्यवाद सहित समापन गर्न भएको कार्यक्रममा बाक्सिला, सप्तेश्वर र बासपानीको अगुवा कार्यकताहरुको व्यापक उपस्थिति रहेको थियो । पार्टीको आगामि कार्यदिशा, संगठन निर्माणको प्रकृया, संचार तथा सामाजिक सञ्जालले पुु¥याउने सहयोग जस्ता विषयमा प्रशिक्षित गराईएको केपिलासगढी गाउँपालिका कमिटि उपाध्यक्ष जिज्ञासा राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार