बाक्सिलाको चिनागढीमा पुरातत्व विभागको टोली


भिम राई

खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका अन्र्तगतको चिनागढी संरक्षण तथा प्रवद्र्धन गर्न नेपाल सरकारकारको पुरातत्व विभागबाट निरक्षण तथा अध्ययनका टोली आएको छ । पुरातत्व विभागका उप–सचिव जयराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले जिल्लाको १९ वटा स्थानको निरिक्षण तथा अध्ययन गर्ने भएको हो ।

नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८०÷०८१ को योजना अन्र्तगत खोटाङ जिल्लाको हलेसी तुवाचुुङ नगरपालिका, रावावेसी गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुुङ चुुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुुगाँ गाउँपालिकामा विभिन्न योजनाहरु रहेका छन् । योजना आयोयगको रातो किताबमा उल्लेख भएका योजनाहरुको अध्ययन तथा योजना कार्यन्वयनका लागि निरिक्षण गर्न विभागले उपसचिव श्रेष्ठ र इन्जिनियर सुजन बुुढाथोकीको टोली खोटाङ जिल्लामा रहनु भएको छ ।

पुरातत्व विभागका अनुसार यस आर्थिक वर्षमा योजना आयोगकको रातो किताबमा केपिलास गढी गाउँपालिकाकाको केपिलासगढी रंकाचुु दरबार÷चिनागढी ढुुङ्गाको पर्खाल संरक्षण योजना रहेको छ । यस्तै रावावेसी गाउँपालिका अन्र्तगत वडा नम्बर ४को भिमेश्वरी कालिका देवि मन्दिर सरंक्षण योजना रहेको छ ।

हलेसी तुवाचुुङ नगरपालिका अन्र्तगत सत्तेश्वर महादेव बुक्टो मंगलटार, राईतालुक देविथान मन्दिर संरक्षण हतु न. पा. ३ वनपाला, भिमसेन थान मन्दिर संरक्षण हतु न.पा. १० अर्खौले, च्यास्मी गढी संरक्षण भुम्जु, हलेसी गढी संरक्षण संवद्र्धन हतुु न.पा. ५ दुर्छिम, लगायतको योजनाहरु रहेका छन् ।

यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्र्तगत मझुुवागढी संरक्षण, होत्तोलुुङ साकेला संरक्षण नुनथला, ऐतिहासिक बुक्टो (गुफा)हरु तालिखा लफ्याङ, रैछाकुले साकेला थान संरक्षण बुुईपा, सिलहँगढी सरक्षण दिरुम नपा, ऐरीगाउँ नवदुुर्गा मन्दिर, माझगाउँ दुुर्गामन्दिर, फुुलवारी धारा संरक्षण, गंगाधर पार्टी संरक्षण आयोजनाहरु रहेका छन् ।
दिप्रुुङ चुुईचुम्मा गाउँपालिकाको होमाथान मन्दिर संरक्षण रोले छोरम्बुु, राम्चे शिव मन्दिर संरक्षण आयोजना कार्यक्रममा रहेको छ । उता खोटेहाङ गाउँपालिकामा बौध गुम्बा पुनः निर्माण खोटेहाङ २ मुुलडाँडा र जन्तेढुुगाँ गाउँपालिका अन्र्तगत औतारी देवि मन्दिर संरक्षण गर्ने कार्य जन्तेढुुगाँ १ देविस्थान लगायतको योजना रहेका छन् ।
संघीय सरकारको योजना अन्र्तगत खोटाङ जिल्लाबाट प्रतिनिधी सांसद रामकुुमार राई पासाङको पहल र माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अग्रसरतामा योजनाहरु आएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार