समाजवादी मोर्चा नेपाल खोटाङले असोज २६ गते सन्देश सभा गर्दै

खोटाङको सदरमुकाम दिक्तेलमा चारदल सम्मिलित समाजवादी मोर्चा नेपालले सन्देश सभाको आयोजना गर्ने भएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी नेपाल, नेकपा (एकिकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाको सन्देश सभा हुने भएको हो ।

समाजवादी मोर्चामा सम्मिलित पार्टीका केन्द्रिय नेतृत्वहरुको उपस्थितिमा हुने सन्देश सभा असोज २६ गते दिक्तेलमा गर्ने तयारी भएको पत्रकार सम्मेलनमा मार्फत जानकारी गराईएको हो । सन्देश सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोग अध्यक्ष टंक राई, जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकार्यणी सदस्य रकम चेम्जोङ, नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य राजन राई र विप्लव नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीको केन्द्रिय सदस्य शैलेस (सी) को उपस्थिति रहने आयोजकले जनाएको छ ।

अवको नेपाली समाजको रुपान्तरणको विकल्प समाजवाद मात्र रहेको भन्दै समाजवादी यात्रामा मोर्चा बनाएर देश व्यापी अभियान शुरु भएको छ । समाजवादी मोर्चा नेपाल खोटाङको संयोजक पिके खम्बुका अनुसार यस्तो मोर्चाले मुलुकको राजनीतिलाई नै प्रभावित पार्ने छ । नेकपा माओवादी केन्द्र खोटाङको पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा जिल्ला नेतृत्वको उपस्थिति रहेको थियो । नेकपा माओवादी केन्द्रका संयोजक दिपक पाण्डे ‘आकाश’, जनता समाजवादी नेपालका अध्यक्ष पिके खम्बु, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष जलशेर राई र विप्लव नेतृत्वका नेकपाका जिल्ला इन्चार्ज सन्जीव सि लगायतको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार