माक्पामा माओवादीको वडा कमिटि गठन


असोज ६ शनिबार । खो्टाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ७ माक्पामा नेकपा (माओवादी केन्द्र) वडा कमिट बनेको छ । माक्पामा ६ गते सम्पन्न भएको वडा भेलाले बालकुमार राईको अध्यक्षतामा १३ सदस्यीय वडा समितिको चयन गरेको हो ।

नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङिमा तेण्डुव शेर्पा, प्रदेश सदस्य तथा पालिका इन्चार्ज श्री बहादुर राई, प्रदेश सदस्य विकास राई, पालिका कमिटि अध्यक्ष अगमसिँ राई लगायतक विशेष उपस्थितिमा भएको भेलाले कमिटिको उपाध्याक्षमा दुुर्गबहादुर वि.क., सचिव रोशन वि.क, सहसचिव गुणराज राई, र कोषाध्याक्षमा आशा राईलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा क्रमश मैया निरौला, राजकुमार वि.क., रुपेश कार्की, सिता कुमारी वि.क., शिवकुमार राई, अप्सरा घिमिरे, तेजबहादुर कार्की, र तिलकुमार वि.क रहनु भएको छ । पार्टीको सल्लाहाकार समितिमा चुडामणी राई रहनु भएको थियो ।

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत जारी रहेको कार्यक्रममा वडा कमाण्डर विकास राई र इन्चार्ज श्री बहादुर राईले पार्टीको आगामि नीति तथा कार्यक्रमका बारेमा प्रशिक्षणात्मक मनतव्य राख्नु भएको थियो । कार्यक्रममा पार्टीले संचालनमा ल्याएको तीन महिने विशेष अभियानको आवश्यकता र औचित्यताका बारेमा छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार