सल्लेरीलाई दुध पिलाउँछन् सोलुुका सुरेश

ऐसेलुखर्क, २५ सोमबार । सोलुखुम्बुुको थुलुुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ कांगेलका ४० बर्षिय सुरेश श्रेष्ठले सोलुको सदरमुुकाम सल्लेरीलाई नियमित दुध पिलाउँछन् । कांगेलबाट गाडिमा करिब २ घण्टाको समय खर्चेर उनले नियमित दुध पठाउने गर्छन् ।

कांगेल २ बाउण्ड्रीका युवा व्यवसायी श्रेष्ठको सुधारीएको गोठमा पालिएको १६ वटा माउ भैँसि, २ वटा जर्सि गाई र १ वटा होलस्टेन गाई रहेको छ । बाछा र पाँडा सहित ३५ वटा माउ बच्चा रहेको भैँसि पालन व्यवसायबाट उनले दैनिक ७० लिटर दुध सल्लेरी पठाउँदै आएका छन् । प्रति लिटर १४० रुपैयाको दरले बिक्रि हुने दुधले उनले दैनिक ९ हजार ८ सय रुपैयाको व्यापार गर्दै आएका छन् । उनको मासिक आम्दानी २ लाख ९४ हजार रुपैया पुुग्ने गरेको छ । उनको यो कमाई सबै व्यवस्थापन गर्दा लगभग मासिक बचत ३५/४० हजार रहेको उनले सुनाए ।

उनको फर्मममा हाल ५ जनाले नियमित रोजगारी लिइ रहेका छन् । कहिले काँही आंशिकरुपमा काम गर्ने सहयोगि समेत उनले गाउँघरमा खोज्ने गरेका छन् । आफ्नै गाडि भएकाले १ जना डाइभर अनिवार्य राख्दा अहिले नियमित ६ जना पशुुपालन व्यवसायबाट रोजगार प्राप्त रहेको सुरेशले बताए । हाल सम्म ९५ लाख रुपैयाँ लागनी भईसकेको बताउँदै उनले भने अबको ४ बर्षपछि मात्र आफ्नो व्यवसाय नाफामा जान सक्ने अुनमान गरेका छन् ।

सरकारी अनुदानको नाममा केही समय अगाडि कृषि ज्ञान केन्द्र सोलुखुुम्बु मार्फत प्राप्त गरेको १० लाख रुपैया बाहेक केही नपाएको बताउने श्रेष्ठले सबै आफ्नै लगानीमा व्यवसाय गरेको सुुनाउँछन् । उनी २०५८ सालमा मलेशिया वैदेशिक रोजगारमा गएका थिए । २०५८ देखि २०६६ साल सम्म मलेशिया बसेर फर्किए । जिल्ला फर्किएपछि उनी निर्माण व्यवसायमा छिरेका थिए । निर्माण व्यवसायमा पनि जमेर लागेका उनि २०७७ सालमा बाट शुरु भएको कोभिड १९ को माहामारीको बेला युुर्टन भए कृषि पेशामा ।

२०७७ सालमा देशव्यापी कोभिड १९ को महामारी फैलिएको बेला सबैलाई पेशा व्यवसायहरु त्राहिमाम बनेको थियो । निर्माण व्यवसायीका रुपमा काम गरिरहेका सुरेशलाई पनि यसले संकटापुुर्ण अवस्थामा पुु¥यायो । संकट त शूरु भईगयो किन चुुप लाग्ने भनेर उनले नया पेशा शुुरु गरे ।

कृषि पेशालाई व्यवसायीक पेशाका रुपमा शुुरु गरेको उनले शुरुमा तरकारी उत्पादन गर्न थाले । उनको तरकारी नजिकै सोलुुखोलाको हाइड्रोमा विक्रि हुनु थाल्यो । केही समय कमाईपनि राम्रै भएको उनले सुुनाए । कमाई भएपनि अलि बढी खटाई र कहिले काँही तरकारी खपत नहुँदा खेर जाने भएकाले उनलाई त्यो पेशाबाट हात झिक्न मन लाग्यो । त्यो पेशालाई परिवर्तन गर्ने निष्कर्शमा पुुगे ।

शुुरुमै पशुुपालन तथा दुुध व्यापारको सपना बोकेर उनले रेनिस बुहुुउद्येस्यीय कृषि तथा पशुुपंक्षी र्फम स्थापना गरे । यस लतै छिमेकी मुुलुक भारत पुुगेर दुुईवटा बढेमानको होलस्टोन गाई ल्याएका थिए । तर दुुर्भाग्य वस गाई सोलुु खोला तरेपछि बचाउन सकेनन् । शुुरुमै उनलाई करिब ५ लाख घाटा भयो । तरपनि उनले हरेश खाएनन् । उनले गाउँकै रैथाने भैँसि खरिद गरेर पाल्न थाले । यो सँगै उनले तरकारी, बाख्रा पालन, लेयर्स कुखुुरा अण्डाका लागि, ब्रोइलर कुुखुुरा उत्पादन पनि शुरु गरे ।

उनलाई दशा लाग्ने क्रमपनि उस्तै रहयो । ‘३ हजार लेयर्स कुखुुरा अण्डा दिँदै गरेको बखत आगोलागीमा प¥यो करिब ३५ लाख घाटामा गयो ।’ उनी सुुनाउँछन् । ‘ बाख्रापालनले पनि खास चित्त बुुझाउन सकिएन ।’ बाख्रा पालनमा पाठा पाठी पाएको करिब १ बर्ष सम्म पैसोको मुख देख्न नपाईने भएकाले काम गर्ने मजदुरलाई खाजा खुवाउने सम्म धौ धौ भएको थियो ।

नियमित पैसाको चलखेल हुुने लेयर्स कुखुुराको खोर नै जलेपछि उनले बाख्रा पालन व्यवसायलाईपनि छाडिदिए । गाउँघरका आफन्तहरुलाई पाठा पाठी पाएमा पछि दिनु अधिया पाल्नु भनेर २८ माउ बाख्रा बाँडदिएपछि उनी दुध उत्पादनमा एकोहोरिएर लागे । लेयर्स कुखुुराको खोर जलेपछि क्षतिपुर्ति बापत ५० हजार रुपैया पाएको बाहेक इन्सोरेन्स गरेको पैसा समेत उनले पाउन सकेनन् ।

उनले यसरी सबैतिर बाट घाटा सहँदै जाँदा आफुुले प्रयोग गर्दै गरेको गाडी समेत बेच्न प¥यो । ४५ लाखमा किनेको गाडि उनले २७ लाख बचेर भैँसी थप्ने काम गरे । उनी दुध उत्पादनमा एकोहोरिएर लाग्ने निधो गरेपछि उनलाई घाँसको समस्या थपियो । घाँस उत्पादनका लागि उनीसँग भएको जमिनलाई उपयोग गर्न सुुपर नेपिएर जातको घाँस बर्षादको समयका लागि हिउँदका लागी जयघाँसको विरुवा रोपेका छन् । दैनिक खोलेका लागि पिठो खरिद गर्नुपर्ने उनको फर्ममा एकदिनमा एक क्वीन्टल पिठो खपत हुदै आएको छ ।

वैदेशिक रोजगारमा गएर फर्किएका उनी निर्माण व्यवसाय गर्दाको भन्दा आफ्नै र्फमबाट उत्पादन भएको दुध बेच्नमा हाल रमाई रहेको सुरेश अहिले खुशि देखिन्छन् । उनले भने ‘गर्न चाहे केहीले पनि छेकिन्न ।’ भर्खरै मात्र पनि एक माउ भैँसी मरेर घाटा भएको सुनाउँदै अब कम्तिमा एकजना पशुु स्वास्थ्य प्राविधिक पनि राख्न सकेमा साँच्चै पुुरक हुने सुनाए । उनको यो चाहाना अनुुरुपा स्थानीय सरकारले उनलाई आवश्यकता परेको बखत पशुु प्राविधिक उपलब्ध गराए के खेर जाला र ?

भिम राई (सोलुुबाट फर्किदा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार