प्रेस सेन्टर सोलुको संयोजकमा अन्जु कार्की

सोलुखुम्बु, २१ भदौ / प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सोलुखुम्बुको विशेष जिल्ला भेलाले अन्जु कार्कीको संयोजकत्वमा नौ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । मिङमार तामाङ सदस्य सचिवमा रहनु भएको समितिमा सविना राई, अञ्जिता राई, दोर्जी तामाङ, एलिशा शेर्पा र मनहाङ राई सदस्यमा चयन हुनु भएको हो ।

प्रेस सेन्टर नेपालको १ नम्बर प्रदेश कमिटि अध्यक्ष विनोद घिमिरेको प्रमुख आथित्यतामा भएको विशेष भेला सोलुखुम्बुु हिमालयन किचेन होटलमा सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले नेपालमा पत्रकारिताको पेशागत हितमा लाग्ने निर्विकल्प संगठन प्रेस सेन्टर मात्र रहेको दावि गर्नुभएको छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल केन्द्रीय लेखा आयोग सदस्य भिम राईले समाज वर्गिय भएकाले प्रेस सेन्टर नेपालका पत्रकारहरुले गरिखाने वर्गको पक्षमा समाचार लेख्नु पर्ने धारणा राख्नु भएको छ । उहाँले पत्रकारितालाई व्यवसायीक बनाउन सिप र दक्षता बढाउन आवश्यक रहेको समेत बताउनु भयो ।

नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समिति सदस्य रामसंघर्ष किरातीले पार्टी र संगठन विचको तादम्यता मिलाउन बाँकी रहेको भन्दै अब यतातिर ध्यान दिन आवश्यक रहेको बताउनु भयो । यस्तै पत्रकार महासंघ जिल्ला सचिव डिबि खालिङ, माप्य दुधकोशी गाउँ पालिका उपाध्याक्ष गौरव राई लगायतले भेला सम्पन्नताका शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा थुलङ दुधकोशी गाउँपालिका देउसाका वडा अध्यक्ष तथा पूर्व प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य भोजराज कार्की, नेकपा माओवादी केन्द्र माप्यदुधकोशी पालिका कमिटि उपध्याक्ष तथा प्रेस सेन्टर नेपालका पुर्व केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य प्रकाश खालिङ लगायतको उपस्थिती रहेको थियो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति उपाध्याक्ष अन्जु कार्कीको सभापतित्वमा भएको विशेष भेलाले निवर्तमान उपाध्याक्ष तेजकुमार राईलाई प्रेस सेन्टर नेपालको प्रदेश कमिटि तथा सचिव धनवल राईलाई केन्द्रिय सदस्यमा शिफारिस गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार