कृषि उत्पादनका लागि उपमेयरको उपाय : काउली, ब्रोकाउली र बन्दाको बेर्ना निःशुल्क बितरण

खोटाङ, २४ साउन÷ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि प्राथामिकता राखेर नीति तथा कार्यक्रम ल्याएपछि उप–मेयर विसन राईले आत्म निर्भरताको उपाय शुरु गरेका छन् । कृषि उपज उत्पादनका लागि उनले तरकारी जन्य बेर्ना उत्पादन गरेर किसानलाई निशुुल्क वितरण गर्ने उपाय निकालेका हुन् ।

गाउँ गाउँमा गएर कृषकहरुसँग भेटघाट गर्ने अभियान नै चलाईरहेका उप–मेयर राईले नगरपालिकाको विभिन्न स्थानमा कृषि उपजहरुको उत्पादनको संभाव्यता समेत खोजि गरिरहेको बताउँछन् । ‘नगरलाई समृद्ध बनाउने एउटै उपाय भनेको कृषि उत्पादन बढाउनुको विकल्प छैन ।’ राईले भने, ‘यसका लागी प्रत्येक कृषकहरुको उत्पादन गर्ने क्षमतामा वृद्धि गर्न जरुरी छ । यसैले कृषिका सबै क्षेत्रमा हामीले अग्रसरता लिनु हाम्रो दायीत्व हो ।’

यसबर्षबाट कृषिक्षेत्रलाई प्राथामिकतामा राखिएकै कारण बेर्ना वितरणको कार्यक्रम ल्याएको बताउँदै उप–मेयर राईले विरुवा लिन उत्साहित भएर किसानहरु आएको देख्दा खुशी लागेको सुनाए । अहिले एकलाख ४० हजार विरुवा पहिलो लटमा उमारेको भन्दै ‘किसानहरुको आवश्यकता र मागको आधारमा थप ५० हजार बेर्ना उत्पादन गर्नका लागी माटो तयारी भईसकेको छ ।’ उनले भने ।

नगरपालिकाले आफ्नै पहलमा काउली, ब्रोकाउली र बन्दाको बेर्ना उत्पादन गरेर धमाधम किसानलाई वितरण गरिरहेको छ । पहिलो लटमा करिब २० हजार बेर्ना किसानले लिएका छन् । ‘पहिलो लटको बेर्ना लगभग दुुईदिनमा सकिएको छ । अब दोस्रो लटको बेर्ना वितरण शुरु हुनेछ । ’ नगरपालिकाका कृषि शाखाको संयोजक तेज जैशीले भने, ‘किसानहरुले उत्साहका साथ बेर्ना लगिरहेका छन् । यस्तै हो भने आगामी तिन महिनापछि राम्रै उत्पादन हुने छ ।’

उसो त केही समय अगाडिमात्र उप–मेयर राईले आफुुले नगरपालिकाबाट लिने सुविधा वापत आएको रकम नै खर्चेर नेपिएर घाँसको डाला गाउँ–गाउँमा निशुुल्क वितरण गरेका छन् । उनले पालिकाको सबै ठाउँमा घाँस बाँढीएको बताएका छन् । उनले आवश्यकता परेमा रावावेसी गाउँपालिका र हलेसी तुवाचुुङ नगरपालिकामा समेत केही घाँसको विरुवा दिन सकिने बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार