निःशुुल्क तरकारीको बेर्ना बाँड्दै नगरपालिका


दिक्तेल, २२ साउन/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङले बेमाैसमी तरकारी उत्पादन गर्नेगरी तरकारीको बेर्ना निःशुुल्क वितरण गर्ने भएको छ । कात्तिक मंसिरमा उत्पादन हुनेगरी काउली, ब्रोकाउली र बन्दाको बेर्ना निःशुुल्क वितरण गर्न थालेको हो ।

दिक्तेल सोल्मा स्थीत शुुभम फाउण्डेशनको टनेलमा उत्पादन गरेको एकलाख ४० हजार बेर्ना साउन २२ गतेबाट वितरण शुुरु गरिने नगरपालिकाको उप–प्रमुख विसन राईले जानकारी दिनुभएको छ । लेकाली क्षेत्रलाई लक्षित गरेर उत्पादन गरिएको बेर्ना व्यवसायीक कृषक समुह वा व्यक्तिलाई समेत उपलब्ध गराउने राईले बताउनु भयो ।

किसानलाई उत्पादनमा सहयोग पुु¥याउने उद्येश्यका साथ नगरपालिकाले कृषिलाई प्राथामिकतामा राखेको बताउँदै उप–प्रमुख राईले उत्पादन पछि बजारको व्यवस्थापन गर्न पनि सहयोग गर्ने जानकारी दिनुभयो । ‘कृषकले फलाएको तरकारी बजारमा लैजान गाडीभाडा समेत नगरले नै उपलब्ध गराउने कार्यक्रम छ’ उप–प्रमुख राईले भन्नु भएको छ ।

बेर्ना लिन चाहाने किसानले नगरपालिकाको कृषि शाखा तथा सम्पर्क व्यक्ति तेज जैसीलाई सिधै सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ । साउनको २२ गतेदेखि २५ गते सम्म बेर्ना वितरण गरिने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार