तिब्र तयारीमा ‘खोटाङ प्रतिभा २०८०’ साउन २९ मा हुने

काठमाडौँ÷ खोटाङ कलाकार समाज काठमाडौँको आयोजना र खोटाङ सेवा समाज बेलायतको सह आयोजनामा ‘खोटाङ प्रतिभा २०८०’ काठमाडौँमा हुने भएको छ । आगामी साउन २९ गते काठमाडौँको राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा नृत्य तथा गायन विधाको खोटाङ प्रतिभा छानिने भएको हो ।

जिल्लाको दशवटै स्थानीय तहमा बैसाख ५ गते देखि १९ गते सम्म अडिसन राउण्ड मार्फत प्रत्येक पालिकामा पालिका प्रतिभा छनौट गरिएको थियो । कलाकार समाजले सबैपालिकाको उत्कृष्ट प्रतिभाहरुको विचमा अन्तिम प्रतिस्पर्धाका गराएर ‘खोटाङ प्रतिभा’ खोजी गर्न लागेको हो । नृत्य विधाको दशजना र गायन विधाको दशजना गरेर अहिले काठमाडौँमा बन्द प्रशिक्षणमा रहेका छन् ।

खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राइका अनुसार सबै उत्कृष्ट पालिका प्रतिभाहरुलाई एक महिना देखि क्याम्पिङ गरेर बन्द प्रशिक्षण चलाईएको हो । जिल्लामा छरिएर रहेको प्रतिभाहरुको सम्मान र गीत संगीतमा भविष्य खोजि रहेकाहरुलाई नया संभावनाको ढोका खुल्ला गर्न कार्यक्रम आयोजना गरिएको हो ।

अहिले विभिन्न क्षेत्रका विषय विज्ञहरुबाटत प्रशिक्षण दिनका साथै उनिहरुको प्रतिभालाई निख्खारता ल्याउन लागिएको आयोजकले जनाएको छ । साउन २९ गते काठमाडौँको राष्ट्रिय नाचघरमा खोटाङ प्रतिभा २०८० बन्न सहभागिहरु समेत कडा प्रतिस्पर्धामा उत्रिन लागेको बताउँछन् । २९ गते दिनको १.०० बजेबाट हुुने कार्यक्रममा प्रवेश निशुल्क रहेको आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार