साउन २ मंगलबार । साउने सक्रान्ति पछिको राँके बजार नुुनथलाको माहुरेमा भव्य लागेको छ । बर्षाभरी काम गरेर विसाउनका लागि संक्रान्ति पछिको दिनलाई राँकेको दिन भनिन्छ ।
बर्षाभरी किसानहरु खेतमा काम गरेर गलेको ज्यानलाई साउने सक्रान्तिमा विसाउने तथा आनन्दले खानेबस्ने भएकाले यसबेला घरमा नाता आफन्त तथा पाहुुना समेत बोलाएर खानेकुरा दिने प्रचलन रहेको छ ।
नुनथलाको माहुरेमा लागेको राँके बजारमा लेक र बेसीका उत्पादनहरु साटासाट गर्ने गरिन्छ । यो स्थानीय उत्पादीत वस्तु विनिमय गर्ने अवसरको रुपमा समेत लिईन्छ । यस पटक परापुर्वकाल देखि लाग्दै आएको माहुरेको राँकेमा विशेष गरेर स्थानीय आँप, कटहर, लिचि, भुुँईकटहर, अंगुर, लहरे आँप, केरा लगायतको स्थानीय उत्पादनहरु विक्रिमा राखिएको थियो ।
बाँकी फोटो फिचर …