साकेलामा सकियो पाँचदिने पत्रकारिता तालिम

साकेला, २३ असार । खोटाङ साकेलामा पाँचदिने आधारभुुत विकास पत्रकारिता तालिम शुुक्रबार सम्पन्न भएको छ । एक्काइसौँ शताब्धि सूूचना संचारको युुग भएकाले सबै नागरिकहरुले सुु–सुुचित हुन पाउने अधिकारलाई ग्यारेण्टी गर्न तालिमको आयोजना गरिएको हो ।

तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रवि प्रकाश राईले सूचना संग्रहित गर्ने मानिस विश्वमा सबैभन्दा शक्तिशाली हुने भएकाले यो तालिम आवश्यक रहेको बताउनु भएको छ । वर्तमान युुगमा जनता सबैभन्दा शक्तिशाली रहेको बताउँदै उनिहरुलाई अझ बलियो बनाउन संचारको महत्व रहेको उहाँको भनाई थियो ।

अहिले विश्वमा सबैभन्दा शक्तिशाली मानिएका राष्ट्रहरुले सूचना संचार र प्रविधिलाई उपयोग गरेकै कारण बलशाली बनेका बताउँदै अध्यक्ष राईले अब यो अभियानमा ग्रामिण क्षेत्रपनि जोडिनुपर्ने बताउनु भयो । साकेला गाउँपालिका भित्र हुने सबैखाले क्रियाकलापहरुलाई समाचारको माध्यामबाट विश्वसामु पुु¥याउन यो तालिम कोशेढुुँगा सावित हुनसकोस भन्ने आफुलाई लागेको उहाँको भनाई रहेको छ ।

यस्तै कार्यक्रमका विशेष अतिथि तथा गाउँपालिका उपाध्याक्ष विर्सिका राईले पत्रकारिता तालिम आजको आवश्यकता रहेको बताउनु भएको छ । सर्वसाधरण सम्म सूचनाको पहुँच नपुु¥याए सम्म ग्रामिण क्षेत्रमा विकासको अनुुभुुती गर्न नसकिने उहाँको भनाई रहेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईको सभापतित्वमा भएको कार्यक्रममा तालिममा सहभागी १४ जना प्रशिक्षार्थी पत्रकारहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । पालिकाका समाजिक विकास अधिकृत दुुर्गाबहादुर राईले संचालन गर्नु भएको समापन कार्यक्रममा प्रशिक्षकद्धया उजुुर राई र भिम राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार