विदेश जाने मायालु तिमिलाई …., गीत नै विर्सायो सामी परियोजनाले

विदेशजाने मायालुु तिमिलाई
सम्झना बारबार छ मेरो
तिम्रो साथीलाई के को पिर …
वैदेशिक रोजगारमा जानेहरुले कतिले गाउँदै होलान यो गित । तर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १२ र १३ का वैदेशिक रोजगारमा गएकाहरुको परिवारले भने अहिले गाउन छाडेका छन् । अहिले उनिहरुलाई यो गितसँग लहसिनु भन्दा यहाँ बसेर गर्ने कामहरुले फुुर्सत नै छैन ।उनिहरुले अहिले यस्ता गीतहरु विर्सेका छन् ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले संचालनको गरेको २१ हप्ते वित्तिय साक्षरता तालिम लिएपछि त झन उनिहरुलाई भ्याई नभ्याई छ । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित एवं भरसिलो बनाउन सहयोग गर्ने कार्यक्रम सामीले उनिहरुलाई सहजीकरण गरिरहेको छ ।

सामी परियोजनाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १३ नुनथलामा २१ हप्ता लामो वित्तिय साक्षरता सम्बन्धि तालिम दिएपछि उनिहरुमा थप उर्जा थपिएको छ । वैदेशिक रोजगारमा गएका आफन्तको आशामा मात्र जीवन धानिरहेका उनिहरु अहिले आफैले सिर्जनात्मक कामहरु गरेर परिवार पाल्न थालेका छन् । उनिहरुले श्रीमानले पठाउने विप्रेषणलाई बचत गर्न थालेका छन् ।

घरपरिवारमा हुने फजुल खर्च जोगाउन उनिहरुले दैनिक हिसाब किताब राख्न थालेका छन् । साउदी अरब गएका जालपाको मदन श्रेष्ठको परिवारमा १० जना छन् । १० जनाको परिवार धान्न विदेश गएका मदनको श्रीमति कमला श्रेष्ठले फजुल खर्च घटाउन हिसाब किताब राख्न थालेपछि सहज भएको सुनाउ हुन्छ । यसरी हिसाब किताब राख्न थालेपछि पारदर्शिता हुने र विस्वासको वातावरण समेत निर्माण हुने कमलाको अनुुभव छ ।

परदेश गएका आफन्तहरुको मात्र भरपर्दा भविष्य राम्रो नहुने तथा विदेशमा कमाएको जति पैसा सबै खर्च भईजाने बाध्यतामा रहेकी फुुर्लमु शेर्पाले अहिले भने वैदेशिक रोजगारबाट आएको केही पैसाले बंगुर पालन व्यवसाय नै शुुरु गरेकी छन् । परदेश गएको श्रीमानको मात्र भरपर्दा भविष्यमा केही गर्न नसकिने निश्कर्ष निकालेकी फुुर्लमुले ४ लाख रुपैयाको लगानीमा बंगुुर पालन व्यवसाय शुुरु गरेकी हुन । १ लाखको बंगुर ३ लाखको अत्याधुनिक खोर निर्माण गरेर १२÷१३ वटा बंगुर पाल्न शुुरु गरेकी शेर्पाले यो व्यवसायबाट निकै राम्रो आशा रहेको बताउँछिन् ।

आफुुले खानका लागि मात्र तरकारी उत्पादन गर्दै आएकी कविता शेर्पा अहिले तरकारी र बंगुर पालन व्यवसायमा लागेकी छन् । नुनथला गैरीका कविताले ४ जनाको परिवार पाल्न आफैले व्यवसाय शुरु गरेकी हुन । श्रीमान वैदेशिक रोजगारको शिलसिलामा कतारमा छन् । कविताले माउ सुुँगुर पालेर पाठा पाठी बिक्रि वितरण गर्ने र तरकारी उत्पादन गरेर बजार सम्म पुु¥याउन सके श्रीमानको कमाईलाई सुरक्षित गर्न सकिने सपना देखेकी बताउँछिन् ।

यस्तै नुनथलाका स्मिता राई, रन्जना राई, निर्मला तामाङ, निरमाया तामाङ, दोर्जी शेर्पा, दिलमाया तामाङ लगायतले वित्तिय साक्षरता तालिमबाट नया आयामको शुरुवात गरेका छन् ।

१२ गते २०८० नुनथला,

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार