सावाखोला खानेपानी पम्पिङ आयोजना बन्दा बन्दै बाढीले बगायाे

डिसिआर, खोटेहाङ
असार, ९ शनिबार । खोटेहाङ गाउँपालिका – ७ खोटाङ धनमुुडाको सावाखोला खानेपानी पम्पिङ आयोजना बन्दा बन्दै बाढीले बगाएको छ । शनिबार राती गएको सावा खोलाको बाढीले धनमुुडा सावाखोला खानेपानी आयोजनाको निर्माणाधिन पम्पिङ बेस ट्याङको सामग्रीहरु बगाएको हो ।

सावाखोलाबाट पम्पिङ (लिफ्टिङ) गरेर धनमुडा सम्म खानेपानी पुु¥याउन गाउँपालिका र नेपाल सरकारको संघीय खानेपानी आयोजनाले काम गरिरहेको थियो । गाउँपालिकाको ११ लाख ५० हजार र नेपाल सरकार संघीय खानेपानी आयोजनाको ११ लाख ५० हजारको लागतमा बन्दै गरेको खानेपानीको आधारभुत ट्यांकको सबै सामाग्री सावाखोलाले बेपत्ता पारेको छ ।

असार ८ गते परेको अविरल बर्षादका कारण सावाखोलामा आएको बाढीले आयोजना स्थलमा रहेको ट्यांक बनाउने रिङ लगायत आयोजना स्थलमा बनाइएको सबै संरचना बगाएको छ । आयोजनाका लागि आवश्यक सम्पुुर्ण सामग्रीहरु खरिद गरी जोड्नमात्र बाँकी रहेको बेला बाढीले बगाएको निर्माण समितिका टेकमान मगरले जानकारी दिनुभयो । उहाँको अनुुसार लगभग ८० प्रतिशत काम सकिसकेको २० प्रतिशत काम रहेको थियो ।

क्षति भएको खबरपछि उपभोक्ता समितिका अध्यक्ष समेत रहेका टेकमान मगरले इलाका प्रहरी कार्यालय खोटाङ बजारमा क्षतिको विवरण तथा स्थलगत मुचुुल्का तयारीका लागि निवेदन समेत दिनुभएको थियो । प्राप्त निवेदन सँगै खोटेहाङ गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष शिव फुुयल लगायत प्रहरीको टोलीले स्थलगत अध्ययन तथा सर्जिमिन मुचुल्का समेत गरेको छ ।

 

उपभोक्ता समितिका अध्यक्ष मगरका अनुुसार करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस आर्थिक बर्षकालागि जम्मा २३ लाख रुपैयाको लागतमा काम गर्नु पर्ने थियो ।

यसैगरी खोटेहाङ गाउँपालिकाको सडक तथा पुुलपुलेसालाई समेत नराम्ररी क्षति पुु¥याएको भन्दै नेकपा माओवादी केन्द्र खोटेहाङका अध्यक्ष दिपेन थुलुुङले सचेत रहन सामाजिक सञ्जाल मार्फत आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार