खुल्ला दिशामुक्त जिल्ला खोटाङको सयघरमा छैन शौचालय, १६ घरपरिवारले अझै बाहिर गर्छन शौच


किकाेस/खोटाङ जिल्लालाई केही समय अगाडि खुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा गरियो । निकै ठुलो सचेतनाका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको जिल्लामा शौचालय विहिन एक सय १६ भेटियो भन्ने सुन्दा अनौठो नलाग्ने कुरै भएन ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार खोटाङ जिल्लामा भएको ४ हजार १ सय ७५ घरपरिवार मध्ये एक सयवटा घर अहिलेपनि शौचालय विहिन छन् । अर्थात खोटाङ जिल्लामा २.४ प्रतिशत परिवारमा अहिले शौचालय छैन् ।

यस्तै ०.४ प्रतिशत परिवार अर्थात १६ परिवारका मानिसहरु अहिलेपनि पाखामा शौच गर्ने गरेको तथ्यांकले देखाउँछ । यस्तै ३.१ प्रतिशत घरपरिवारको शौचालय त छ तर उनिहरुको सेफ्टि ट्यांकी नै छन् । यसको अर्थ खोला खोल्सीमा सिधै दिशा बगाउँछन् ।

यी तथ्यांकलाई केलाउँदै जाँदा खोटाङ जिल्ला खुल्ला दिशामुक्त हनु सकेको देखिदैन । २०७३ जेठ ७ गते खुल्ला दिशामुक्त घोषणा गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार