२० देखि २५ वर्षमा नेपाललाई मध्यम आय भएको देश बनाउन सकिन्छ:

 

काठमाडौं । अर्थविद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। स्वर्णिम वाग्लेले नेपाललाई २० देखि २५ वर्षमा मध्यम आय भएको मुलुक बनाउन सकिने बताएका छन् ।

काठमाडौमा आयोजित एक कार्यक्रमा बोल्दै डा। वाग्लेले उक्त कुरा बताएका हुन् ।

उनले वस्तु निर्यातमा धेरै सम्भावना नरहे पनि डिजिटलाइजेशनमा नेपाल धेरै माथि जान सक्ने बताए । कर्मचारीतन्त्रदेखि राजनीतिसम्म सुधारेर मुलुकलाई अघि बढाउनुको विकल्प नरहेको उनको भनाइ छ । स्टार्टअपहरूलाई कुन ऐन र दफाले अफ्ठेरो परेको छ भन्ने कुरा आफूलाई जानकारी गराएमा उक्त कुरा लिएर सदनदेखि सरकारसम्म पुर्‍याउने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार