रावावेसीमा पाँचदिने आधारभुत पत्रकारिता तालिम शुरु

एनिशा राई
रावावेसी, ४ जेठ / खोटाङको रावाबेशी गाउँ पालिकामा पाँचदिने आधारभुत पत्रकारिता तालिम आजबाट शुुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा आदीवासी जनजाती महासंघ रावावेसी गाउँपालिका समन्वय समितिको आयोजनामा तालिम शुरु गरिएको हो ।

तालिमको गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले उद्घाटन गर्नु भएको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रमुुख अथिति श्रेष्ठले सूूचना र संचार आजको अनिवार्य आवश्यकता भएको बताउनु भएको छ । उहाँले गाउँपालिकाले गरेका महत्वपुर्ण गतिविधीहरुलाई सार्वजनीक गर्नका लागि पनि पालिकामा पत्रकारहरु उत्पादन गर्न जरुरी रहेकोे बताउनुु भयो ।

कार्यक्रममा पालिका उपाध्याक्ष कौशिला गुुरुङले सूूचना र संचार क्षेत्रको विकासका लागि आदीवासी जनजाती महासंघ पालिका समन्वय समितिले महत्वपूूर्ण काम गरेको बताउनु भएको छ । उहाँले पालिकाको थोरै सहयोगले समेत यति महत्वपूूर्ण काम गर्न सकेकोमा आयोजकलाई धन्यवाद समेत दिनु भयो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक भवानी बरालले तालिमको आवश्यकता औचित्यता र यसको प्रभावकारीताको बारेमा बोल्दै स्थानीय तहको सरकारले तालिमका लागि सहयोग गरेको धन्यवाद दिनुभएको छ । उहाँले स्थानीय सरकारले छट्टुै नीति तर्जुमा गरेर काम अगाडि बढाउन सकेमा अझै बढि उपलब्धीमुुलक हुने बताउनु भयो ।

आदीवासी जनजाती पालिका समन्वय समिति रावावेसी गाउँपालिका अध्यक्ष राजन मगरको अध्यक्षतामा भएको कार्यक्रममा आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका सचिव उदिम राईले शुुभकामना दिनुभएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, वडा अध्यक्षहरु तथा विभिन्न जातीय संस्थाका प्रतिनिधीहरुले तालिम सफलताको शुूभकामना दिनुभएको थियो । प्रमुख प्रशिक्षक बराल र प्रशिक्षक भिम राईले सहजीकरण गरिरहेको तालिम सोमबार सकिने आयोजक संस्थाका सचिव भविन्द्र राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार