खोटाङ
चैत २२, बुधवार / दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका खोटाङले पालीकाको पूर्व मेयर तथा उपमेयरलाई सल्लाहकार तोकेको छ । नगर पालीकालाई नमुना नगर बनाउने अभियान अनुरुप दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका पूर्व मेयर दिपनारायण रिजाल र उप मेयर विणादेवि राईलाई सल्लाहाकार राखिएकाे हाे ।
नगरपालिकाकाे भर्खरै सकिएकाे कार्यपालिका बैठकले विभिन्न विधाको व्यक्तीत्वहरुलाई समेत समेटेर सल्लाहकारको भूमिकामा सहयोग गरिदिनआग्रह गरेकाे छ । मंगलवार साँझ पत्रकार सम्मेलन गर्दै नगर पालीकाले नगरको कानूनी सल्लाहकार नारयण दास राई, संचार सल्लाकार कृष्ण प्रसाद आचार्य, राजनैतिक सल्लोकार प्रकाश श्रेष्ठलाई ताेकेकाे छ ।
साथै नगर पालीकाले निकै लामो संख्यामा विभिन्न क्षेत्रका विज्ञ समुह, र विज्ञता हासील गरेका व्यक्तीहरुलाई विषयगत सल्लाहकारका रुपमा राखीएको नगर प्रमुख तिर्थराज भट्टराईले जानकारी दिनुभयो। यस मध्ये कानुनी सल्लाहकारले बाहेक अन्यले नगरपालीकाको आन्तरिक श्राेतबाट कुनै पनि तलव भत्ता भने नपाउने प्रमुख भट्टराईको भनाई रहेको छ।