दिक्तेलमा आएको नबिलमा नयाँ सेवा : एटिम, डेविड, क्रेडिट, मास्टर तथा भिजा कार्डको बारेमा जानकारी


दित्तेल, १२ चैत्र । शुन्य मौज्दातमा पनि खाता खोल्न सकिने गरी खोटाङ भर्खर खुलेको बैंकले एटिएम अर्थात डेविड कार्ड चार वर्षका लागि निशुल्क गरेको छ । आफ्नो शाखा विस्तारको उपलक्ष्यमा बैँकले अन्य अफर समेत निशुल्क गरेको छ ।

बैकले शुन्य मौज्दातमा खाता खोल्दा समेत चार बर्षकालागि एटिएम अर्थात डेविडकार्ड, मोबाइल बैंकिङ सेवा, डलरकार्ड अर्थात मास्टर कार्ड, शेयर बजारका लागि निःशुल्क डि–म्याट खाता निःशुल्क गराउने भएको छ । अधिकतम बचतमा ८ प्रतिशत ब्याज दर तथा मुद्यतीमा १२ प्रतिशत ब्याजदर उपलब्ध गराउने जनाएको बैँकले आर्थिक समृद्धिका लागि कृषि, व्यापार, व्यवसाय लगायत सानो तथा पुँजीवाट संचालन हुने उद्योग कलकारखानाहरुलाई प्रोत्साहित गर्ने जनाएको छ ।

मोवायल सेवाको भरपुर उपयोग गर्दै मुद्यती खातामा रहेको रकम आपतकालिन अवस्थामा ९० प्रतिशत क्रृण लिन पाईने सेवासहित बैँकले सेवा दिँदै आएको राईले जानकारी दिनु भयो ।

के हो त मोवायल बैंकिङ सेवा ? प्रश्नको उत्तरमा प्रवन्धक राईले लामो व्याक्खा गर्नु भयो । अहिलेको जमानामा हाम्रा अधिकांश भुक्तानी प्रणालीहरु डिजिटाइज भइसकेका सुनाउनु भयो । उहाँले अहिले नेपालमै कतिपयले मोबाइल बैंकिङ, मोबाइल वालेट तथा विभिन्न पीएसपीका सेवा लिइरहेका बताउँदै मोबाइल तथा इन्टरनेट बैङ्किङ प्रयोग गर्ने गरेको बताउनु भयो ।

अझ एक कदम कुरा अगाडि बढाउँदै उहाँले मोवायल बैंकिङ तथा इन्टर नचलाउनेहरु समेत आजकल पैसा निकाल्न बैंक जान नभ्याउने बताउनु हुन्छ । सबैजसोले एटीएम, डेबिट कार्ड, क्रेडिट कार्ड, मास्टर कार्ड तथा भिजा कार्ड जस्ता प्लास्टिक कार्डको प्रयोग गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

यति धेरै कार्डहरु के र कस्ता कार्ड हुन र कसरी प्रयोग गर्ने भन्ने बारेमा प्रवन्धक राईले यसरी सरर सुनाउनु भयो । एटीएम कार्ड भनेको सामान्य कार्ड हो, जसको सहयोगबाट आफ्नो पैसा भएको बैंकको एटीएम मसिनबाट मात्र पैसा निकाल्न सकिन्छ । अब यसो भनिरहँदा कतिको मनमा प्रश्न उठ्न सक्छ कि, मेरो एटीएम कार्डबाट त अतिरिक्त शुल्क तिरेर अर्को बैंकको एटीएम मसिनबाट पनि पैसा निकाल्न सकिन्छ । वास्तवमा एटीएम र डेबिट कार्डबीच यही फरक छ । डेबिड कार्ड पनि हेर्दा त एटीएम कार्डजस्तै देखिन्छ । तर यसमा अगाडि मास्टर कार्ड, भिजा जस्ता लोगो देख्न सकिन्छ ।

यदि तपाईंको डेबिट कार्डमा भिजा कार्डको लोगो छ भने भिजा कार्ड चलाउने बैंकको एटीएममा तपाईंले आफ्नो डेबिट कार्ड प्रयोग गर्न सक्नुहुन्छ । यस्तै मास्टर कार्डलाई स्वीकारोक्ति (एक्सेप्टेन्स) दिने मर्चेन्टकहाँ मास्टर कार्ड पनि प्रयोग गर्न सक्नुहुन्छ ।

डेबिड कार्ड एटीएम मसिनमा पनि प्रयोग हुन्छ । यसलाई अनलाइन पेमेन्टबाहेक भिजा कार्ड, मास्टर कार्डलाई प्रयोग गर्ने सबै किसिमका मर्चेन्टहरुमा गएर प्रयोग गर्न सक्नुहुन्छ । यो पनि तपाईंको बैंक अकाउन्टसँगै लिङ्क हुन्छ ।

क्रेडिट कार्ड भने छुट्टै किसिमको कार्ड हो । यो सबैसँग नहुन सक्छ । वास्तवमा नेपालीमा सरल रूपले बुझ्दा यो एउटा उधार कार्ड हो । यो हेर्दा डेबिड कार्ड जस्तै देखिन्छ । यो बैंक अकाउन्टसँग लिङ्क हुँदैन । एउटा निश्चित मापदण्ड पुरा गरिसकेपछि बैंकले तपाईंलाई क्रेडिट कार्ड दिन्छ ।

क्रेडिट कार्ड प्रयोगकर्तासँग बैंकमा रकम हुन आवश्यक छैन । किनभने तपाईं बैंकबाट उधारो लिई रहनुभएको हुन्छ । क्रेडिट कार्डबाट खर्च गरिसकेपछि निश्चित समयपछि तपाईंले सम्बन्धित बैंकलाई पैसा तिर्नुपर्ने हुन्छ ।

यदि तपाईंले पैसा तिर्नुभएन भने बैंकले तपाईंलाई ब्याजसहित ऋण असुलउपर गर्दछ । क्रेडिट कार्डको मासिक खर्च लिमिट हुन्छ, जुन तपाईंको बैंकले निर्धारण गर्दछ । यसमा पनि मास्टर कार्ड र भिजा कार्डको लोगो हुने हुँदा अनलाइन शपिङहरु तथा कार्ड स्वाइप गर्ने ठाउँहरुमा तपाईंले यसलाई प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार