दिक्तेल, ३० फागुन । द्ुधकोशी जलाशयुक्त जलविद्युत आयोजना र रावाबेसी गाउँपालिका विच आयोजना स्थल सम्म जाने सडक स्तरन्नोति गर्नेबारे सम्झौता भएको छ । रावावेसी गाउँपालिका वडा नम्बर ३ लामिडाडाँस्थि आयोजनाको कार्यालयमा आज सम्झौता भएको हो ।
रावावेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ र दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका प्रमुख बसन्तध्वज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेर जम्मा १ करोड ४३ लाख रुपैयाको लागतमा सडक स्तरोन्नती गर्न लागिएको छ । हलेसी तुवाचुङ वडा नम्बर १० को बिजुले देखि लामीडाँडा हुँदै रम्बुवा सम्म जाने सडकको लागत रकम आयोजनाले व्यहोर्ने र काम गाउँपालिका लगाउने सम्झौता भएको हो । सम्झौता भएको मिति देखि ४ महिनाभित्र स्तरोन्नतीको काम सक्नु पर्ने कार्यतालिका समेत निर्माण गरिएको छ ।
यस अघि जिल्लाको सदरमुकाममा खोटाङ जिल्लाबाट निर्वाचित माननीय सांसदहरु सहित जिल्ला सदरमुकाम दिक्तेल आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा वितरण सम्बन्धि छलफल समेत भएको थियो । छलफलमा आयोजना स्थलको जग्गा प्राप्ती तथा मुआब्जा वितरणका बारेमा प्रतिनिधी सभा सदस्य रामकुमार राई पासाङ, सरस्वती बजिमय कोशी प्रदेशका प्रदेश सभा सदस्य पाँचकर्ण राई तथा भुपेन्द्र राइ तथा गाउँपालिका प्रमुखहरुको सहभागिता रहेको थियो ।