वाप्लुखामा महिला दिदि बहिनिलाई ढाका तालिम


खाेटेहाङ, १६ फागुन। खाेटेहाङ गाउँपालिक २ वाप्लुखाका महिला दिदिबहिनिहरुका लागि तीन महिने ढाका बुनाई तालिम शुरु भएकाेछ। खाेटेहाङ गाउँपालिकाकाे आयाेजनामा शुरु भएकाे तालिमकाे पालीका अध्यक्ष उदिम बहादुर राईले उद्घाटन गर्नु भएकाे हाे ।

गाउँपालिकाकाे गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)काे  प्राविधिक सीप विकास अन्तर्गत तालिम शुरु भएकाे त्यहाँका वडाअध्यक्ष पारस राईले जानकारी दिनु भयाे । वाप्लुखाका जम्मा १८ जना महिला दिदी बहिनिहरु सहभागी हुने तालिमकाे प्रशिक्षक रामकुमारी रहनु भएकाे छ।

गाउँपालिकाकाे लघु उद्यम शाखाकाे बन्दाेवस्तीमा संचलन भएकाे तालिम २०८० साल जेठ १६ गते सम्म चल्ने शाखा संयाेजक फ्रेंकी राईले जानकारी दिनु भयाे। याे सँगै सावाकटहरे, वडका दियाले र ईन्द्रेणी पाेखरीमा समेत याे शाखा अन्तरगतकाे उद्यम विकास सम्बन्धि कार्यक्रम हुने उहाँले बताउनु भयाे ।

वाप्लुखा वडा कार्यलय भवनमा शुरु भएकाे तालिम उद्घाटन कार्यक्रमकाे सभापतित्व वडा अध्यक्ष पारस राईले गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार