अब जनताको साझा प्रतिनिधी हुँ : रामकुमार राई (पासाङ)

दिक्तेल । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य सांसद रामकुमार राईले निर्वाचन पछि आफु खोटाङगे जनताको साझा प्रतिनिधी भएको बताउनु भएको छ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद राईले यस्तो भन्नु भएको हो ।

भर्खरै सम्पन्न भएको प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचनमा प्रतिनिधी सभामा विजयी बन्नु भएको सांसद राईले निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न संचारको तर्फबाट सकरात्मक भुमिका खेलेकोमा पत्रकारहरुलाई धन्यवाद दिनु भयो । जिल्लाको विकास निर्माणको कुरा सहित वर्तमान राष्ट्रिय राजनीतिका बारेमा समेत आफ्ना विचारहरु राख्नु भएको भेटघाटमा अबको निकास राष्ट्रिय सहमतीबाट मात्र संभव हुने बताउनु भयो ।

राजनीतिक रुपमा अहिले प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै सुदृढ र सफल बनाउन राष्ट्रिय स्तरमै सहमती हुनुपर्ने भन्दै मुलुकमा चलिरहेको वर्तमान सरकारलाई ९९ प्रतिशत विश्वासको मत आउनुपनि यहि कारण रहेको बताउनु भयो । उहाँले अब पनि राष्ट्रिय सहमतीमै देश अगाडि बढ्नेमा आफु विस्वस्त रहेको जानकारी दिनु भयो ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति खोटाङको आयोजना भएको भेटघाट कार्यक्रमको सभापतित्व प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य उजुर चाम्लिङले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार